Erani Mahal
तिनाउँको चौकीभञ्ज्याङ्गमा सामुदायिक स्वास्थ्य इकाई संचालन
61948579_643218106169422_2721624581092671488_n

पाल्पा– जिल्लाको तिनाउँ गाउँपालिका वडा नं. ३ चौकीभञ्ज्याङ्गमा सामुदायिक स्वास्थ्य इकाई कार्यालयको स्थापना गरिएको छ । दुर्गमका जनतालाई आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भनेर स्वास्थ्य इकाईको स्थापना गरिएको हो ।

इकाईको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले उद्घाटन गर्नुभयो । दुईघण्टा भन्दा बढी हिडेर स्वास्थ्य संस्थामा जानुपर्ने स्थानमा स्वास्थ्य इकाई स्थापना गरेर जनताको सेवा गर्ने स्थानीय सरकारको नीति अनुसार चौकीभञ्ज्याङ्गमा स्वास्थ्य इकाई स्थापना गरिएको अध्यक्ष घर्तीले बताउनुभयो ।

उहाँले दुर्गममा जनताहरु हिडेर टाढा गएर आफ्नो स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता हटाउन सबै वडाका विकट क्षेत्रमा स्वास्थ्य इकाई स्थापना गरिएको बताउनुभयो । उहाँले इकाईको निर्माणको लागि १८ लाख लागतमा भवन समेत बनाइएको र एक जना स्वास्थ्य कर्मीको समेत व्यवस्थापन मिलाइएको बताउनुभयो ।


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, पूवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष प्रेम पाण्डेय, वडा नं. ५ का वडाअध्यक्ष दलबहादुर दर्लामी, कार्यपालिका सदस्य नारायण थापा, टंक बस्याल, गुरु शर्मा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु लगायतले स्वास्थ्य इकाईको आवश्यकता र महत्व बारे आफ्नो मन्त्व्य राख्नुभयो ।

वडा अध्यक्ष प्रेम पाण्डेको अध्यक्षता, कार्यपालिका सदस्य पम्फा मगरको स्वागतमा र स्वास्थ्य शाखा प्रमुख सुन्दर तरामुको संचालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update