Erani Mahal
पाल्पामा पनि प्रधानमन्त्री राेजगार कार्यक्रम सुरू
62436106_2274985986099272_3279659369645473792_o-copy

पाल्पा - पाल्पामा रम्भा गाउँपालिकाले प्रधानमन्त्री राेजगार कार्यक्रम सुरूवात गरेकाे छ । शुक्रबार रम्भा गाउँपालिकाले बेलपानी माैलाथर माेटरबाटाेकाे स्तरउन्नति गर्ने याेजना सहित प्रधानमन्त्री राेजगार कार्यक्रम सुरू गरेकाे हाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै ५ नं. प्रदेशका सभासद् नारायण आचार्यले अब युवाले राेजगारका लागि विदेशमा भाैतारिनु नपर्ने बताउनुभयाे । उहाँले स्वदेशमै राेगजार दिने सरकारले ग्यारेण्टी गरेकाे र राेजगार नभएका युवालाइ भत्ताकाे व्यवस्था गरेकाे बताउनुभयाे ।

रम्भा गाउँपालिकाभित्र बेराेजगार सुचिकृत भएका ४ सय ५० जनामध्ये अहिले रम्भा ३ नं. वडा पीपलडाँडाका ३० जना इच्छा गरेका बेराेजगारलाइ १७ दिन काम लगाउने गरी याे कार्यक्रम सुरू भएकाे गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयाे ।

पीपलडाँडास्थित बेलपानी माैलाथर माेटरबाटाेकाे नाली बनाउने, पहिराे पन्छाउने, माेड बनाउने काममा उनीहरूलाइ खटाइनेछ । त्यसका लागि प्रधानमन्त्री राेजगार कार्यक्रममा विनियाेजन भएकाे १४ लाख बजेटमध्ये ४ लाख छुट्याइएकाे अध्यक्ष भण्डारीले बताउनुभयाे ।

सरकारले यसै वर्षबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दै बेरोजगारलाई न्यूनतम रोजगारी र नभए निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था गरेको हो । पूर्वाधार तथा सामुदायिक विकाससम्बन्धी कार्यक्रमअन्तर्गत सूचीकृत भएका बेरोजगारलाई यस्तो सुविधा दिने नीति रहेकाे गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयाे । त्यहाँ १७ दिन काम गर्ने युवाले दैनिक ६ सय रूपियाँ जिल्ला दररेट अनुदार ज्याला पाउनेछन् । बाँकी रकम अन्य क्षेत्रमा खर्चने रम्भा गाउँपालिकाकाे याेजना छ ।

सरकारले गत फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो । चालु आवमा ३ अर्ब रुपैयाँ छुट्याइएको यो कार्यक्रमका आगामी वर्ष दुई अर्ब थपेर ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

चालु आवमा एकैपटक स्थानीय तहमा दुई अर्ब ३६ करोड रुपैयाँ सशर्त अनुदानका रुपमा पठाइएको हो । स्थानीय तहको विकटता, रोजगारीको उपलब्धता, गरिबीको दर लगायत मानव विकास सूचकांकलाई आधार मानेर प्रत्येक स्थानीय तहलाई फरक–फरक परिमाणमा अनुदान दिइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पठाएको यो अनुदानबाट स्थानीय तहले आफ्नो क्षेत्रमा बेरोजगारका रुपमा दर्ता भएका युवालाई न्युनतम् १ महिनाको रोजगारी दिनुपर्ने भनिएको छ । यदि बेरोजगारको संख्या धेरै भए गरिब, विपन्न, परिवारमा रोजगार व्यक्ति नभएका, असाहय लगायतलाई रोजगारीमा प्राथमिकता दिने सरकारको नीति सरकारकाे रहेकाे नीति छ ।

कार्यक्रममा रम्भा ३ का अध्यक्ष थमनबहादुर गाहाले शुभकामना दिनुभएकाे थियाे । कार्यक्रम गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीकाे अध्यक्षता, राेजगार संयाेजक रविन महर्जनकाे स्वागत र सामाजिक परिचालक गीता नेपालकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update