Erani Mahal
गणतन्त्र आउँदा समेत जातीय छुवाछूत नहटेको गुनासो
IMG_4408

पाल्पा । संघीय गणतन्त्रमा दलित समुदायमाथि जातीय आधारमा छुवाछुत अझैसम्म हटेको छैन । सार्वजनिक स्थलमा जातीय आधारमा दलित समुदायमाथि छुवाछूतजन्य व्यवहार नरोकिएको दलित अधिकारर्मीहरुको भनाई रहेको छ ।


दलित समुदायमाथि अहिले छुवाछुतजन्य अपराध हटेको भनिएपनि समाजमा व्याप्त छ । २०६३ सालमा १३ औं छुवाछूत मुक्त राष्ट्र घोषण गरिएको थियो । जातीय छुवाछुत विरुद्ध कसुर सजाय ऐन २०६८ कार्यान्वयनमा ल्याएपनि त्यस यता जातीय छुवाछुतका आधारमा १८ जनाले ज्यान गुमाएका छन् ।


दलित अधिकारका लागि साझा अभियान पाल्पाको आयोजना र जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा १३ औं छुवाछूत मुक्त राष्ट्र घोषण दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागीले कानुनी रुपमा जातीय छुवाछूत नरहेपनि समाजमा जातीय छुवाछुत हटेको छैन ।


प्रदेश साँसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीर बहादुर रानाले देशमा संरचनामा फेरिएपनि व्यक्तिका सोच, विचार र संस्कृतिमा परिर्वतन आउँन नसक्दा छुवाछुत लगायतका सामाजिक समस्या समाज कायमै रहेको बताउनुभयाे । दलित समुदायमाथि हुने जातीय समस्या दलितसमुदायको मात्र समस्या नभई यो समस्या साँझा समस्या रहेको बताए । यो दलित समुदायको समस्या सबैको साझा समस्या रहेकोले अन्त्यका लागि सबैले हातेमालो गरी अघि बढ्न आवश्यक रहेको औल्याए ।
दलित र गैर दलित बीच सहकार्य गरेर अभियान सञ्चालन गर्न सकेको अवस्थामा व्यवहारिक रुपमा जातीय छुवाछूत लगायतका सामाजिक समस्या हटाउनन सकिने अभियान सञ्चालन गर्नु खाँचो रहेको ब बताउनुभयाे ।


दलित समुदायको हक अधिकार संविधानमा व्यवस्था गरेपनि समस्या उस्तै अझै रहेकोले दलित समुदायको समस्या साँझा रहेकोले सबै एकजुट समस्याको समधान गर्न लाग्नुपर्ने पाँच नम्वर प्रदेशका साँसद वीर बहादुर रानाले बताउनुभयाे ।
जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराज बस्यालले जातीय छुवाछुत हटाउनका आवश्यक रहेको बताए । जातीय छुवाछूत उन्मुलनका लागि सबै एकजुट भई अभियान सञ्चालन गर्न आवश्यक रहेको बस्यालको दावी थियो ।
दलित समुदायलाई राज्यको मुलप्रवाहमा नल्याउनसम्म समृद्धिको यात्रा पुरा हुन समस्या रहेकोले दलित समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउन खाँचो रहेको छ । दलित समुदायभित्र जागरणका अभियान सञ्चालन गर्न खाँचो रहेकोमा सबैको भनाई थियो ।


कार्यक्रममा रैनादेवी छहरा गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले जातीय छुवाछुतका घटनाहरु समाज न्यूनीकरण हुँदै गएको बताए । जातीय छुवाछुत अन्त्यका लागि स्थानीय तहबाट सचेतनामुलक कार्यक्र अघि बढेको बताए । अध्यक्ष कार्कीले गाउपालिका क्षेत्र भित्र जातीय समस्या रहेको छैन, अन्तरजातीय विवाह भएको कुरा बताउनुभयाे ।


पहिलाका तुलनामा छुवाछुतजन्य घटनाहरुमा कमी देखिएको छ । दलित समुदायको शसक्तिकरणमा स्थानीय तहबाट बजेट छुटाएर सचेतना कार्यक्रम सञ्चालन गरिएको रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयाे ।


कार्यक्रम नेकपाका जिल्ला सदस्य राजेन्द्र विश्वकर्मा, बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, निस्दी गाउँपालिका उपाध्यक्ष सीताकुमारी अर्याल, तानसेन नगरपालिकाका प्रशासकीय अधिकृत, गोपल प्रसाद बगाले, खुम बहादुर विक, कृष्ण दर्नाल, तीर्थ गौतम, विष्णु बमरेल, दिनेश गन्र्धव लगायतले जातीय छुवाछुत अन्त्य लगायतका सामाजिक समस्याहरु अन्त्यका लागि सबै हालेमालो गरी अभियानमा सञ्चालन गर्नुपर्ने बताउनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update