Erani Mahal
निस्दीको अर्चलेलाई कागतीको पकेट क्षेत्र बनाइने
62433881_1368272533311613_1397472295286472704_n

पाल्पा– जिल्लाको निस्दी गाउँपालिका ६,अर्चलेलाई कागतीको पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ ।


गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ सालको लागि योजना तथा कार्यक्रम प्राथमिकता निर्धारणमा कागतीको उर्वर भूमि भएकोले त्यसलाई विस्तार गर्दै आय आर्जन र व्यवसायिक बनाउने योजना रहेको छ ।


अर्चलेमा साना ठूला गरी ४३ वटा योजनाको लागि १ करोड ४३ लाख ५३ हजार बराबरको काम भइरहेको वडाध्यक्ष मेख बहादुर सुनारी जानकारी गराउनु भयो ।


निस्दी गाउँनिस्दीको प्रबक्ता समेत रहेका उहाँले अर्चलेलाई कागती उत्पादन क्षेत्रको रूपमा बिकास गर्ने गाउँपालिकाको लक्ष्य रहेको बताउदै आर्थिक बिकास तर्फ जोड दिनुपर्ने बताउनुभयो ।
वडाले मोटरबाटो, लेक डाँडा पर्यटन प्रबर्द्धन, वडा कार्यालय भवन निर्माणलाई प्राथमिकिकरण गर्ने निर्णय गरेको छ।कार्यक्रममा अर्चलेका विद्यालय, विभिन्न राजनैतिक दल,संघ संस्थाका प्रमुख, प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।


वडा सदस्य कृष्ण बहादुर सोमैको कार्यक्रमको उद्देश्य माथी बोल्नुभएको थियो भने वडा सचिव मित्र बहादुर सोमैले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update