Erani Mahal
ज्ञानेदय मावि कचल ओखलढुङ्गाको स्वर्ण महोत्सव
61883493_358886358156041_5361598423684349952_n

पाल्पा– तिनाउँ गाउँपालिका १ कचल ओखलढुंगामा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ ।


स्वर्ण महोत्सवको उद्घाटन पूर्व उद्योग मन्त्री तथा पाल्पा क्षेत्र नं. २ का सांसद सोम प्रसाद पाण्डेयले गर्नुभयो । उद्घाटनको क्रममा प्रमुख अतिथि पाण्डेले शिक्षाको गुणस्तर वृद्धि गर्दै व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिनु आजको आवश्यकता भएको बताउनुभयो ।

प्रदेश सभा सदस्य तुलाराम घर्तीले शिक्षाले बालबालिकामा नैतिकवान र अनुशासनसँगै मेहनत गर्न सिकाउनुपर्ने बताउनुभयो । उहाँले पढेर जागिर खाने भन्ने सोंच भन्दा पनि व्यवसायिक सोंचको साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले २०५४ सालमा आफू गाविस अध्यक्ष हुँदा कक्षा १० सम्म पढाई सुरु गरेको विद्यालयको अध्यक्ष भएपछि कक्षा १२ सम्म पढ्ने वातावरण मिलाएको बताउनुभयो । उहाँले विद्यालयको भौतिक, शैक्षिक सुधारमा आफूले सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, पूर्व शिक्षक तथा उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालयका उपसचिव धुर्व कुँवर, प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्इक्ष रोमबहादुर लम्तरी, प्रेम पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, शिक्षा अधिकृत लक्ष्मी कुँवर, शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर घर्ती, दोभान माविका प्रअ सूर्य भट्टराई, युवा वर्ष माविका प्रअ धनबहादुर खाम्चा, युवा समन्वय समिति तिनाउँका अध्यक्ष प्रेम श्रेष्ठलगायतले ग्रामीण विकट क्षेत्रका स्थानीयलाई शिक्षा मार्फत जागरण छर्न सफल भएकोमा विद्यालयलाई शुभकामना दिनुभयो । कार्यक्रम राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक विद्यालयको वार्षिक आय व्यय तथा प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । प्रमुख अतिथि पाण्डेयले विद्यालयले प्रकाशन गरेको स्वर्ण महोत्सव स्मारिका समेत विमोचन गर्नुभयो । उहाँले विभिन्न प्रतियोगितामा विजयी तथा विद्यालयलाई सहयोग गर्नेलाई सम्मान समेत गर्नुभयो ।


कक्षा १२ सम्म पढाई हुने विद्यालयमा ३ सय विद्यार्थी रहेका छन् । विद्यालयका सहायक प्रअ मानबहादुर रानाले स्वागत र शिक्षक खुमबहादुर चिदीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update