पूर्वखाेलामा कृषक समूह गठन

डिल्लीराज पंगेनी || २२ जेष्ठ २०७६,बुधबार १७:११
पाल्पा – पूर्वखोला गाउँपालिका एक वडा एक उत्पादन पाकेट क्षेत्र निर्माण गर्न निरन्तर क्रियाशिल भएकाे छ । पूर्वखोला भित्र बाख्रापालन र कुकुरापालक कृषकहरुलाइ व्यावसायिक बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रम गरेकाे हाे ।
जस अन्तर्गत बुधबार पूर्वखोला -३ को अर्खलडाँडामा बाख्रा पालन गर्ने किसानहरूकाे भेलाले समूह गठन गरेकाे छ । गाउँपालिकाका पशु शाखा प्रमुख मीन बहादुर केसीको उपस्थितिमा १० जना सद्स्य रहने गरी समूह गठन गरिएको छ ।

गाउँपालिकाले बाख्रा पालन गर्ने किसानहरूका लागि अनुदानकाे समेत व्यवस्था गरेकाे छ । यस्तै उनीहरूलाइ तालिम, प्राविधिक सहयाेग समेत गर्ने गाउँपालिकाकाे याेजना छ । यस्तै पूर्वखाेलाकाे वडा नं. १ सिलुवालाइ कुखुरा पालनकाे पकेट क्षेत्र निर्माण गर्न समेत काम भइरहेका छन् ।
पूर्वखाेलाकै जल्पा र वीरकाेटमा बाख्रा, देबिनगर र हेक्लाङलाई कुखुरा पकेट क्षेत्रको रूपमा विकास गर्ने गाउँपालिकाकाे याेजना छ । याे वर्ष समेट्न नसकेका गाउँलाइ अर्काे वर्षकाे कार्यक्रममा समेटिने गाउँपालिकाले जनाएकाे छ ।