Erani Mahal
विदेशमा रहेका युवाद्वारा विद्यार्थीलाई पाेशाक सहयाेग
K1

पाल्पा - रोजगारी एवंम अध्ययनको सिलसिलामा नर्वेमा रहेका नेपाली युवाले पाल्पाली विद्यार्थीलाई सहयोग गरेका छन् । हेल्पिङ ह्यान्ड्स फर नेपाल—नर्वेको आर्थिक सहयोगमा जिल्लाको खानीगाउँ मावि बगनासकाली ७ खानीगाउँका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेका छन् ।


रोजगारीका साथसाथै अध्ययनको सिलसिलामा नर्वेमा रहेका मनकारी नेपाली युवाहरुले आफ्नो केही खर्च कटाएर गरिब तथा विपन्न समुदायका विद्यार्थीहरुलाई अध्यानमा सहयोग पु्याउने उद्धेश्यले सहयोग गरेका हुन ।

विद्यालयमा अध्यान गर्ने गरिब तथा जेहेन्दर केही विद्यार्थी पोशाक र शैक्षिक सामाग्री नभएकै कारण विद्यालय सम्म आउन नसकि पढाई नै छाड्ने स्थितमा पुगेपछि विद्यालयले सहयोगार्थ प्रस्तावनापत्र आह्वान गरेको थियो । प्रस्तावनापत्रको आधारमा संस्थाले विद्यालयको नाममा रु १ लाख विद्यालय पोशाक तथा शैक्षिक सामग्री खरिदका लागि उपलब्ध गराएको थियो ।

पोशाक वितरण कार्यक्रममा बगनासकाली वडा नं. ७ का अध्यक्ष गुन बहादुर बुढाथोकीले वास्तवमा नर्वेमा रहेका नेपालीहरुको सहयोगले आज यी बालबालिकाको मुहारमा खुशीयाली छाएको बताउनुभयो ।


विद्यालयका पुर्व अध्यक्ष हरिप्रसाद पाठक, विद्यालयका अध्यक्ष डा. शंकर गैरे, विद्यालयकी प्रधानाध्यापक कल्पना कुमारी भुसाल, अभिभावक गोमता भट्टराई, इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, पत्रकार दयाराज न्यौपाने, शिक्षक कोशल गैरे लगायतले बोल्दै संस्थाले गरेको यसप्रकारको सहयोग निरन्तर हुने अपेक्षा राख्नुभएकाे थियाे ।


नर्वेमा रहेका नेपालीहरुले समय समयमा च्यारिटी शो तथा बिभिन्न अभियान मार्फत संकलन भएको रकमबाट विद्यालयका विद्यार्थीहरुका लागि सहयोग हुने गरि हरेक वर्ष प्रस्तावनापत्र आह्वान गरि सहयोग गर्दै आएको छ । जसबाट गरिव तथा बिपन्न समुदायका विद्यार्थीहरु बढी लाभान्वित भएका छन् । साथै सोही संस्था मार्फत हालै बारा र पर्सामा भएको हावाहुरी पिडितका लागि समेत राहत तथा सहयोग उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update