Erani Mahal
पाल्पाकाे बाँसटारी क्षेत्रमा व्यक्तिकाे मनाेमानीले सडकमा क्षति
Untitled-1-copy

पाल्पा – बाँसटारी हुँदै दमकडा सराइ खहरे जाने सडकमा सार्वजनिक सम्पत्ति बिनास गर्ने क्रम बढेकाे छ । बाटोका छेउका मानिसहरूले जथाभावी घडेरी खन्ने, प्लटिङ् गर्ने र माटाे ओसार्ने गर्दा सबैकाे साझा सडक ध्वस्त बनेकाे छ । यस क्षेत्रकाे करिब १ किलाेमिटर बाटाेमा क्षति पुगेकाे छ ।

व्यक्तिगत फाइदाका लागि यहाँका केही व्यक्तिहरूले गरेकाे गतिबिधिले राज्यले कराेडाैँ लगानी गरेर निर्माण गरेकाे सडक ध्वस्त भएकाे छ । बाँसटारी–झडेवा सडकखण्डको बाँसटारी खण्डमा जथाभावी माटो तस्करी गर्ने र सडकमा क्षति पुग्ने गरी गतिबिधि गरेका कारण यस क्षेत्रको सडक निर्माण गरेकाे १० दिनमै भत्किएकाे छ ।


यस क्षेत्रका केही व्यक्तिहरूले जथाभावी डाँडा र बारीमा माटो खनेर सडकमा पोख्ने गरेका छन् । यस्तै बाटो छेउमा घडेरी बनाउँदा समेत सडकमा माटो थुपार्ने र फ्याक्ने गरेका छन् । यसले करोडौँ खर्च गरेर बनाएका सडक र नाली पुरिएका छन् । जथाभावी सडकमा आफूखुसी गर्दा सडकको अवस्था जीर्ण बनेको बाटोमा यात्रा गर्ने यात्रुहरूको गुनासो छ ।

बाँसटारी क्षेत्रमा मानिसले जथाभावी खनेर छाडेकाे माटाेले सडकमा हिलाम्य ।

सडकमा जथाभावी गर्नेलाई कारबाही नहुँदा यस क्षेत्रमा मनपरी मौलाउँदो छ । यो सडकमा हेभीवेट १० चक्के सवारी गुड्न नपाउने भए पनि माटो ओसार्ने दश चक्के सवारी गुडेको छ । तानसेन नगरपालिकाले हरेक वर्षजसो सडक कालोपत्रे गरे पनि साता नबित्दैँ उप्किएको छ । कालोपत्रे गरेकाे काम गुणस्तरीय भएपनि सडक छेउका मानिहरुले सडक खन्ने, ढुङ्गा र माटो सडकमा बगाउँदा समस्या उत्पन्न भएको प्रत्यक्षदर्शीको भनाई छ ।

केही जग्गा दलालले उक्त क्षेत्रमा दिनहुँ खन्ने र प्रभास क्षेत्रको जग्गा पुर्ने काम गरिरहेका छन् । यस्तै घरघडेरी बनाउने मानिसले पनि माटो सडक बिगार्ने गरी राखेका छन् । जिल्ला प्राविधिक कार्यालयको जिम्मामा रहेको उक्त सडकमा खाल्डाखुल्डीले यात्रु हिड्नै नसक्ने गुनासो गर्छन् । सडक नजिकै जथाभावी गरेर सडक बिगार्नेलाई कुनै कारबाही हुन्छ की हुँदैन, उनीहरूले सार्वजनिक सम्पत्ति बिगार्ने वा नष्ट गरेपनि केही नहुने रहेछ एक जना यात्रुले भने ।

त्यस क्षेत्रका केही व्यक्तिको मनोमानीले बिग्रेको सडक बनाउन नगरपालिकाले हरेक वर्ष लाखौँ रकम खर्चेको छ भने जिल्ला प्राविधिक कार्यालयले पनि मर्मत र लेन्थमेनको व्यवस्थापन गरेर सडक र नालीको माटो, टुङ्गा व्यवस्थापन गरिरहेको छ ।


सार्वजनिक सम्पत्ति बिगार्ने र नष्ट गर्नेमाथि कारबाही गर्ने प्रावधान भएपनि नगरपालिका र प्राविधिक कार्यालयले कुनै किसिमको कारबाही गर्न नसकेको उपभोक्ताको आक्राेस छ । यस्तै तानसेन नगर क्षेत्र अन्तर्गत बाँसटारीदेखि तानसेन बजार क्षेत्रको सिद्धार्थ राजमार्गमा पनि सडक छेउका घरधनीले सडक र नालीमा क्षति पुग्ने गरी गतिबिधि गरिरहेका छन् ।

सडक बिगार्ने र नाली भत्काउने गरी माटो ओसारपोसार गर्ने घडेरी खन्ने, ढुङ्गा बोक्ने काम दिनदहाडै भईरहेका छन् । तर सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनेमाथि कुनै कारबाही हुन सकेको छैन ।

व्यक्तिले जथाभावी खनेर बिग्रेकाे सडक र नाली बनाउँदै लेन्थमेन ।, तस्विर : इरानीमहल ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update