Erani Mahal
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृत्यु, २ घाइते
Accident_I0cmYnOZtf

गुल्मी - गएराति गुल्मीमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मुत्यु भएको छ ।  लु २ त ३३९३ नम्बरको ट्रयाक्टर रेसुंगा नगरपालिका छल्दीदेखि चेक्मी जादै गर्दा रेसुंगा नगरपालिका–७ लसुने डाँडामा दुर्घटना हुँदा मदाने गाँउपालिका– ६ का  २१ वर्षीय  मधु नेपालीको  घटना स्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यलय  गुल्मीले जनाएको छ । 

घाइते मदाने गाँउपालिका–६ का  अबि कुँवर र धुर्कोट गाँउपालिका–२ का निरज नेपालीको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ भने चालक मदाने गाँउपालिका–६ का वसन्त सुनार फरार रहेको छन् ।

उनाके  खोजी कार्य जारी जारी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खडकाले जानकारी दिनुभएकाे छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update