Erani Mahal
फोक्सिङ्गकोट स्वास्थ्य चौकीमा ल्याव सेवाको सुरुवात
62215284_293968304670928_182085881543262208_n

विकास काफ्ले पाल्पा– जिल्लाको रम्भा गाउँपालिका फोक्सिङ्गकोटमा रहेको स्वास्थ्य चौकीमा ल्याव सेवाको सुरुवात गरिएको छ ।


सेवाको पाल्पा क्षेत्र नं. १(२) का प्रदेश सभा सदस्य नारायाण प्रसाद आचार्यले उद्घाटन गर्नुभयो । ल्याव सेवाको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले सामान्य ल्याव चेकजाँचमा तानसेन र वुटवल धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउँदै गाउँमै निशुल्क स्वास्थ्य सेवा लिन जनतालाई आग्रह गर्नुभयो ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले गाउँपालिकाले दुर्गम क्षेत्रका जनतालाई मध्येनजर गरी स्वास्थ्य चौकीमा ल्याव सेवाको सुरुवात गरिएको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मी, पूर्वखोला गाउँपालिका ६ का अध्यक्ष मनबहादुर सारु, कृषि सहजकर्ता कृष्ण पाठक, गाउँपलिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल लगायतले शुभकामना दिनुभयो ।


कार्यक्रम फोक्सिङ्गकोट स्वाथ्य चौकीका प्रमुख हजारीलाल प्रसादको स्वागत, एवत सारुको धन्यवाद तथा उमानसिंह सारुको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update