Erani Mahal
तिनाउँको चरचरेमा स्वास्थ्य इकाईको स्थापना
61742344_302516333984252_8954312676725489664_n

पाल्पा– तिनाउँ गाउँपालिकाको चरचरेमा स्वास्थ्य इकाईको स्थापना गरिएको छ । गाउँपालिकाको दुर्गम भेग तथा स्वास्थ्यको पहुँच नभएको स्थानमा स्वास्थ्य इकाईहरु स्थापना गर्ने नीति अनुसार यहाँ स्वास्थ्य इकाईको स्थापना गरिएको हो ।

स्वास्थ्य इकाईको गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरले उद्घाटन गर्नुभयो । इकाईको उद्दघाटन गर्दै प्रमुख अतिथि घर्तीले स्वास्थ्य इकाईले ग्रामिण र दुर्गम भेगका जनतलाई स्वास्थ्यको पहुँचसँगै उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कोल्डाँडामा रहेको स्वास्थ्य केन्द्रबाट चरचरे, जोरधारा, मरामकोट, केरावारी, विस्कुनडाँडा लगायतका क्षेत्रका जनालाई अपायक परेकाले यहाँ स्वास्थ्य इकाई स्थापना गरिएको घर्तीले बताउनुभयो । उहाँले गाउँपालिकाले दुर्गममा स्वास्थ्य इकाई स्थापना गर्ने नीति अनुसार वडा नं. १ को वखलढुंगा, वडा नं. २ को वगाह, वडा नं. ३ को चौकीभञ्ज्याङ्ग, वडा नं. ५ को चरचरेमा स्वास्थ्य इकाई स्थापना गरिएको बताउनुभयो ।


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, वडा अध्यक्षहरु रोम बहादुर लम्तरी, राजेश श्रेष्ठ, प्रेम पाण्डे, दानबहादुर गाहा, कार्यपालिका सदस्य, चुरामणी विक, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, युवा समन्वय समितिको अध्यक्ष प्रेम श्रेष्ठ, तानसेन मिसन अस्पतालको सामुदायिक स्वास्थ्य इकाई प्रमुख पार्वती गौतम लगायतले इकाईको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।


इकाईमा निशुल्क औषधी सहित एक जना स्वास्थ्यकर्मीले सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दर तरामुले बताउनुभयो । वडा नं. ५ का वडा अध्यक्ष दलबहादुर दर्लामीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update