Erani Mahal
विद्यार्थी नभएपछि माथागढीको ज्ञानोदय प्राविलाई स्थानान्तरण गरिने
61932724_441900716629374_3272308236765626368_n

पाल्पा– माथागढी गाउँपालिका १ चिदीपानीमा रहेको ज्ञानोदय प्राथमिक विद्यालयको शैक्षिक विकासको लागि स्थानान्तरण गरिने भएको छ ।


विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको, गाउँमा बसाई सराईले गाउँनै रित्तो भएपछि विद्यालयलाई जनघनत्व भएको स्थानमा स्थानन्तरण गर्न स्थानीयहरु सहमत भएका छन् । स्थानीयहरुले विद्यालयलाई साविकको वरपोखरीबाट एक्लेवर वाँझवारी क्षेत्रमा स्थान्तरण गर्नका लागि सरोकारवाला निकायमा पहल गर्ने निर्णय समेत गरेका छन् ।


विद्यालयको शैक्षिक गुणस्तर सुधार सहित स्थानान्तरण सम्बन्धमा अन्तर्कृया कार्यक्रम गरिएको छ, स्थानीय राजकुमार पन्थीले भन्नुभयो, साबिक आठ नम्बर बरपोखरीमा लक्षित विद्यार्थी कम भएको,अभिभावक बसाइँसराइ गरेर गाउनै रित्तो भएको हुँदा यो विद्यालयको स्थानान्तरण गर्ने सहमति भएको छ ।


२०३० सालमा स्थापित विद्यालयको अस्तित्व सङकट भएको महसुस गरी स्थानान्तरण गरी गुणस्तरीय शिक्षा दिन सके सामुदायका लागि राम्रो हुने स्थानीय समाजसेवी तथा सौभाग्य मावि ब्यवस्थापन समितिका सदस्य तथा राजकुमार पन्थीले बताउनुभयो ।


कार्यक्रममा शेर बहादुर बिक, नबराज पन्थी, जमुना थापा, गङ्गा रेग्मी, भवान सिंह गाहा, गुन बहादुर सारु, स्याम सारु, मानबहादुर रेग्मी लगाएतकाले एक्लेबर बाँझबारी डाँडामा विद्यालय संचालन गर्न उपयुक्त रहेको बताउनुभयो ।


विद्यालयको स्थानन्तरण गर्न सकिएमा यसक्षेत्रको बिकासमा भुमिका खेल्ने सहभागीले धारणा राखेका थिए । कार्यक्रममा अतिथिको रुपमा राजकुमार पन्थी, वार्ड सदस्य हेम बहादुर थापा, यम बहादुर रायमाझी, जगनाथ काफ्ले रहेका थिए भने कार्यक्रम रणवीर थापाको अध्यक्षता ऋषिराम पन्थीण्को संचालनमा सम्पन्न भएको थियो ।


विद्यालयमा अहिले ७ जना विद्यार्थी रहेका छन् भने गाउँमा जनघनत्व नहुँदा त्यो संख्या दिनप्रतिदिन घटेर अन्य विद्यालयमा मर्ज गर्नुपर्ने अवस्था आउने भएको छ, स्थानीय जगन्नाथ काफ्लले भन्नुभयो, मर्ज गर्नुभन्दा विद्यालयको स्थानान्तरण गरेर शैक्षिक गुणस्तर सुधार गर्न सकेमा विद्यालयमा शैक्षिक विकास गर्न सकिनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update