Erani Mahal
मित्यालका जेष्ठ नागरिक सम्मानित
61729501_475414849870766_3691535987323699200_n

पाल्पा - निस्दी गाउँपालिका मित्याल पाल्पाका जेष्ठ नागरिकहरु बुढेसकालमा सम्मानित हुन पाएकोमा धेरै खुसी भएका छन् । गाउँपालिकाको आर्थिक सहयोग तथा मित्याल कृषि बाहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सहकारीका प्रतिनिधिहरु मित्यालका जेष्ठ नागरिकको घरघरमा गएर निशुल्का स्वास्थ्य परिक्षण तथा सम्मान गरेको हो।

निस्दी गाउँपालिका ४ नम्बर वर्डा कार्याल मित्यालका वडा अध्यक्ष न्यो बहादुर सुनारीको नेतृत्वमा मित्यालका ८० वर्ष माथिका ३५ जना जेष्ठ नागरिकको घरघरमा गएर सम्मान गरेको सहकारी संस्थाका व्यवस्थापक हेम बहादुर खाम्चाले बताउनुभयो ।

त्यस्तै २६४ जना जेष्ठ नागरिकको निशुल्का स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरेको मित्याल स्वास्थ्य चौकीका अहेव पुरबहादुर सारुले बताउनुभयो । यसरी बुढेसकालमा घरमै सम्मानित हुन पाउदा दुख पिर सबै बिर्सेको ८५ वर्षीय तिल बहादुर रासले खुसी व्यक्त गर्नुभयो। यस्तो कार्यक्रम निस्दीका सातै वडामा भएको छ।

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update