Erani Mahal
खानेपानी अभावले छिमेकीकै बीचमा झगडा, बाेलीचाली बन्द
DSC09318-2-1

पाल्पा - लामो समयको खडेरीले जिल्लाकाे पश्चिम भेगका ग्रामीण भेगका बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । पाल्पाकाे पश्चिम भेगस्थित रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाभित्रका रहेका डाँडाका बस्तीमा लामो समयदेखिको खडेरीले खानेपानीको चरम अभाव हुँदा यहाँका स्थानीय बासिन्दाकाे बिहानभर पानी बाक्दैमा बित्ने गरेकाे छ ।


पानीको मुहान सुकेपछि तीन घण्टा पैदल हिडेर पानी बोक्नुपर्ने बाध्यता रहेको रैनादेवी छहरा गाउँपालिक–४, काफलबुटाकी ५१ वर्षिया चन्द्रकला खत्रीले गुनासो गर्नुभयो । घरमा आउने धारा सुकेपछि तीन घण्टा पैदल हिडेर रातभर पानी बोक्नुपर्ने अवस्था छ खत्रीले भन्नुभयो विद्यालय जाने बालबालिकालाई नियमित विद्यालय पठाउन सकेकाे छैन । पानी बाेक्न पठाउनुपर्ने बाध्यता छ ।

काफलबुटमा ३५ घरपरिवार खानेपानीको अभाव बेहोर्दै आएका छन् । उनीहरूले माघ देखि नै पानी बोकेर खानुपर्ने बाध्यता छ । मुहान सुकेपछि र खडेरीले गाउँमा खानेपानीको अभाव हुँदा दिनभरको काम बिताएर जङ्गलमा पानी लिन जानुपर्ने बाध्यता सिर्जना भएको उनीहरूको गुनासो छ ।

गाउँमा नजिकको मुहान सुकेपछि एउटै पँधेरामा गाउँभरिका मानिस जाँदा पानी भर्न तछाडमछाड गर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय बासिन्दा मानकुमारी रानाले बताउनुभयो । खानेपानीको मुहान सुकेपछि एउटै कुवा, पँधेरामा तछाडमछाड गर्नुपर्छ रानाले भन्नुभयो यसले गाउँका छिमेकी र आफन्तसँग बोली बाराबारको अवस्था भएको छ ।

वि.स. २०७२ सालको भुकम्पपछि ग्रामीण क्षेत्रका डाँडा बस्तीमा खानेपानीको मुहान सक्दै गएको छ । जिल्लाको पश्चिम क्षेत्रका मुझुङ्, पालुङ्मैनादी, छहरा, सिद्धेश्वर, भुवनपोखरीलगायतका स्थानीय बासिन्दा खानेपानीको मुहान सुकेपछि बढी प्रभावित भएका छन् । खानेपानीको योजना सञ्चालन गर्न समेत यहाँ नयाँ मुल छैन ।


घरमा खानेपानीको अभाव हुँदा यस भेगका विभिन्न विद्यालयमा अध्ययन्रत बालबालिकाको पठनपाठन समेत प्रभावित बनेको छ । घरमा पिउने पानी नहुँदा आमासँगै दिनभर पानी बोक्नुपर्ने रिब्दीकेट–७, मैदीका स्थानीय कक्षा–८, मा अध्ययन्रत छात्रा संगीता खत्रीले बताइन् । घरमा भएको गाईबस्तुलाई खुवाउन र घरमा आवश्यक पानी पु¥याउँदा कहिलेकाही विद्यालयमा कक्षा लिन जान समेत नसकेको उनले बताइन् ।

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update