Erani Mahal
तानसेनमा विद्यार्थीहरूले लगाएकाे तरकारी बाली असिना-पानीले नष्ट
1-2-1-1

पाल्पा - तानसेन–५, बन्दिपोखरास्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूले लगाएको तरकारी बालीलाई असिनापानीले क्षति पु¥याएको छ । कक्षा–९ देखि कक्षा १२ सम्म कृषि वाली विज्ञान अध्ययन्रत विद्यार्थीहरूले लगाएको तरकारी बालीमा असिना पानीले क्षति पु¥याएको हो ।


विद्यालयको आफ्नै र लीजमा लिइएको जग्गामा विद्यार्थीहरूले मिहिनेत गरेर लगाएका टमाटर, काक्रो, घिरम्ला, करेला, लिची, कागती, भाण्टा लगायतका तरकारी तथा फलफुलमा असिनाले क्षति पु¥याएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद सिग्देलले जानकारी दिनुभयो ।


बिहीबार र शुक्रबार आएको असिना पानीले दश रोपनी क्षेत्रफलमा लगाएको तरकारीलाई नष्ट गरेको उहाँले बताउनुभयो । विद्यार्थीलाई ज्ञान, सीप प्रदान गर्न र विद्यालयले थप आयआर्जन गर्न हरेक वर्ष तरकारी खेती गर्दै आएको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विन्दुबहादुर रावलका अनुसार अहिलेसम्म डेढ लाख बढी मुल्यको तरकारी बाली नष्ट भएको छ । बजारमा पठाउन तयारी भएका तरकारीका दाना तथा बोट असिनाले कुटेर भुँइमा खसालेको अध्यक्ष रावलले बताउनुभयो ।

तानसेन आसपासमा बिहीबार लगातार एक घण्टा ठूला–ठूला असिनासहित पानी परेको थियो । सात वर्षअघिदेखि कृषि बाली विज्ञान अध्ययन् हुँदै आएको उक्त विद्यालयमा हरेक वर्ष विद्यार्थीहरूले तरकारी खेती गरेर आम्दानी गर्दै आएका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update