Erani Mahal
तानसेनमा कृषि विकास बैंककाे वित्तिय साक्षरता कार्यक्रम
bank-2

पाल्पा - कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय तानसेनले विद्यार्थी लक्षित बैंकिङ् सचेतनाका कार्यक्रम गरेको छ । नेपाल सरकारको ‘खोलौं बैंक खाता, सबै नेपलीको बचत खाता’ अभियान अन्तरर्गत बैंकले वित्तिय साक्षरताका कार्यक्रम गरेको हो ।

शाखाले तानसेन–५, बन्दिपोखरास्थित लक्ष्मी माविका विद्यार्थीहरूलाई सचेतना प्रदान गरेको छ । सचेतना कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका एक सय बढी विद्यार्थीको सहभागीता रहेको थियो । पछिल्लो समय बैंक र बैकिङ् गविधिबारे विद्यार्थीलाई जानैपर्ने भएकोले वित्तिय ज्ञान, सीप, जानकारी र बचतको वृद्धिबारे जानकारी दिइएको शाखा प्रबन्धक मधुकर काफ्लेले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बैंकको क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक सुदिप कुमार दाहालले अहिलेको आधुनिक र प्रविधिमैत्री युगमा बैंकिङ्ग साक्षरताको अभिवृद्धि विना अघि बढ्न नसकिने भएको बैंकिङ्ग कार्यक्रमलाई विद्यार्थी माझ केन्दीत गरिएको बताउनुभयो ।

यस्तै अतिथि क्षेत्री कार्यालयका शाखा प्रमुख राजेश कुमार श्रीवस्तवले भविष्यका कर्णधार एवं भोलिका आशाका केन्द्र विद्यार्र्थीमाझ जबसम्म बैंकिङ्ग साक्षरता कार्याक्रम सञ्चालन गर्न सकिर्दैन तब सम्म बैंकिङ्ग सचेतना अभिवृद्धि नहुने भएकोले विद्यार्थी लक्षीत कार्यक्रमलाई जोड दिईएको बताउनुभयो ।

यस्तै कार्यक्रमका अतिथि विद्यालयका प्रधानध्यापक विष्णु प्रसाद सिग्देल, शाखा कार्यालयका शाखा प्रबन्धक मधुकर काफ्ले लगायतले अहिले विद्यार्थी लक्षीत तड्कारो विद्यार्थी साक्षरता कार्यक्रमले विद्यार्थीलाई बैंकिङ्ग कारोबार गर्न, बैंक सम्म पुग्न, वित्तिय कारोबारमा वृद्धि गर्न, बचत गर्ने बानिको विकास गर्न र बैंकसँगै अन्य वित्तिय सक्षरतालाई अघि बढाउन महत्वपुर्ण टेवा पुग्ने बताउनुभयो ।

बैंकिङ्ग साक्षरता अभिवृद्धि कार्याक्रमा बैंकको पोड्क्ट,सेवा सुविधा,आधुनिक बैंकिङ्ग प्रणाली, कम खर्च, बचतमा अभिवृद्धि लगायतका क्षेत्रमा प्रशिक्षण दिईएको थियो । कार्यक्रम शाखाका नायब सुब्बा प्रकाश भट्राईको सञ्चालनमा चलेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update