Erani Mahal
नेपालमै कलेजाे प्रत्याराेपण सफल
61596225_2300746600018909_1401629402722205696_n_yvyEDYy7C7

काठमाडौं - त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो । ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । तर, त्यसलाई निरन्तरता दिन नसकिरहेको बेला सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले पहिलो प्रयासमै कलेजोको प्रत्यारोपण गर्न सफल भएको छ ।

यो सफल प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपणको लागि भारत जानुपर्ने बाध्यता अन्त्य हुने डाक्टर सिंहले बताएका छन्।  भारतमा ५० देखि ७० लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाखमा सम्भव हुनेछ ।

कलेजो प्रत्यारोपणको लागि डा. सिंहको टोलीले ५ वर्षदेखि तयारी गरेको थियो। ५ वर्षअघिदेखि तयारी गरेपनि प्रत्यारोपण गर्ने अनुमति भने चार महिनाअघि पाएका थिए ।

वार्षिक १० देखि १५ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको डा. भण्डारीले बताउनुभयाे । सुरुवातका केही महिना एक वटा प्रत्यारोपण गरेपनि तीन महिनापछि प्रत्यारोपणको स्पिड बढाउने उहाँले बताउनुभयाे ।

सन् २०१० मा अष्ट्रेलियाबाट फर्किएपछि डा. सिंहले जटिल प्रकारका कलेजो र प्यान्क्रियाज सर्जरी गर्न थाल्नुभएकाे थियाे । त्यही बेला नेपालमा कलेजो प्रत्यारोपणको आवश्यकता महसुस गरेलगत्तै उनी आवश्यक तालिम लिन अष्ट्रेलिया पुग्नुभयाे । सन् २०१५ मा अष्ट्रेलियाबाट फर्केपछि भण्डारी प्रत्यारोपणको टिम बनाउनतिर लागेका थिए ।

आवश्यक जनशक्ति, तालिम र आवश्यक सामान तयार पार्न झन्डै २ वर्ष लाग्यो । त्यसपछि ‘सेट अप’ तयार भयो। १२ करोडभन्दा बढीको लगानीमा आवश्यकता अनुसारको ‘सेट अप’ तयार भएको थियो।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update