Erani Mahal
विद्यालयमा सञ्चालित महायज्ञकाे आय-व्याय सार्वजनिक
61704412_447648432460622_4946737808757751808_n

पाल्पा - पूर्वखाेला सिलुवास्थित जनमार्ग माबिलाई प्राविधिक शिक्षा सञ्चालन, शैक्षिक गुणस्तर वृद्धि भौतिक निर्माण सहित बिद्यालयको सर्वाङगीण विकास सहयोगार्थ आयोजित शैक्षिक, धार्मिक तथा साँस्कृतिक महोत्सवकाे आय व्याय सार्वजनिक गरिएकाे छ ।

धनधान्याचल विराट नवाह ज्ञान महायज्ञको शुक्रबार आय व्याय सार्वजनिक गरिएकाे हाे । सार्वजनिक समाराेहमा भत्तजनहरुबाट तथा दान पेटिका तुलाधान चौरासी पुजा हबन कुण्ड धन्याञ्जल गरि जम्मा ८५ लाख ४१ हजार ३१५ दान रकम संकलन भएकाे जानकारी दिइयाे ।

गाउँसरकार र वडा कार्यालयबाट ४१लाख ११ हजार १ सय ११ र प्रदेश तथा केन्द्रीय साम्सद को प्रतिनिधित्तो हुने गरि ४ कोठे भवनको लागि ७० लाख बराबर योजना पार्ने प्रतिबद्धता ब्यत्त समेत भएकाे छ । यस्तै महायज्ञ संचालको क्रममा हाल सम्म ३३ लाख ८० हजार ३ सय १५ खर्च भएको महायज्ञ आर्थिक संयोजक बाल्कृस्ण पंगेनीले जानकारी दिनुभयाे ।

केही रकम उठन बाँकी भएकाले यहि मंसिर सम्ममा सबै रकम संकलन गरी स्मारिका समेत प्रकाशन गर्ने कार्यक्रम रहेकाे छ । खर्च सार्वजनिक कार्यक्रममा महायज्ञमा सहयोग गर्ने महानुभावहरुलाइ सम्मान गरिएकाे थियाे ।

खर्च सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भोग बहादुर थापाले यस विद्यालयकाे शैक्षिक गुरस्तर वृद्वि गर्न र विद्यालयमा प्राविधिक धारकाे कक्षा संचालनकाे निम्ति सहयाेग गर्ने बताउनुभयाे ।

कार्यक्रममा मुल आयोजक संयोजक गीरमान आलेको अध्यक्षतामा बिद्यालयका प्रध्यानाध्यापक श्याम दिशा र संचालक इशोर आचार्यले गर्नुभएकाे थियाे ।

महायज्ञ गत बैशाख २३ गते देखि ३१ गते सम्म संचालनमा भएको थियो । संकलित रकम तत्कालको लागि बैकम राखिने र बिद्यालयको संयुत्त बैठक बसी खर्च गरिने बताइएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update