Erani Mahal
गुल्मीकाे धुर्काेट गाउँपालिकामा 'प्रधानमन्त्री राेजगार कार्यक्रम' सुरू
61697124_407660506488002_7588604164263903232_n

गुल्मी - गुल्मीको धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले प्रधानमन्त्री राेजगार कार्यक्रमकाे शुक्रबारदेखि सुरूवात भएकाे घाेषणा गर्नुभयाे ।

गाउँपालिकाभित्र रहेका १५० जनालाई ३० दिनको रोजगारी दिने गरी कार्यक्रम सुरू भएकाे हाे । गाउँपालिका अध्यक्ष पाेखरेलका अनुसार सडक मर्मतमा ८१ जना कामदारलाई  १ महिनाकाे राेजगारी दिइएकाे छ ।

यस्तै शिक्षण सस्थामा १३ जना, स्वास्थ्य सस्थामा ४ जना, कृषि र पशुपालनमा १५ जना, सिँचाइ कुलो मर्मतमा १५ जना, बिद्युत मर्मतमा ७ जना, खानेपानी मर्मतमा १५ जनाले रोजगारी पाएका छन् ।

प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तरगत संघीय सरकारले हरेक नगरपालिका र गाउँपालिकालाइ रकम पठाएकाे छ । साेही रकम प्रयाेग गरेर देशभरका नगरपालिका र गाउँपालिकामा युवालाइ राेजगार दिइएकाे हाे ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update