Erani Mahal
लागूऔषध ओसारपसारमा संलग्न ५४ जना पक्राउ
chares-baramad-777x437

बुटवल - प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागुऔषध बुलेटिनले जनाएकाे छ ।

प्रदेश नं. ५ मा १२ जिल्ला छन् । विशेष गरी रूपन्देही, बाँके, दाङ्, बर्दिया, नवलपरासीमा सबैभन्दा धेरै लागु अाैषध प्रयाेग कर्ता रहेकाे प्रहरीकाे भनाइ छ ।

तथ्याङ्कअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागुऔषधसमेत बरामद भएको छ । चार हजार ९२७ ग्राम गाँजा, नौ हजार ८५६ दशमलव सात ग्राम चरेश र ३७ दशमलव ६५० ग्राम हेरोइन बरामद भएको जनाएकाे छ ।

त्यस्तै डाइजेपाम २८५ एम्पुल, फेनार्गन ६८५ एम्पुल, नुफिन ६६० एम्पुल, मेथिन ३०० एम्पुल, नाइट्राभेट ५०० ट्याब्लेट, सेरिज्याक ४०० ट्याब्लेट, नाइट्रोसन ४४८ ट्याब्लेट, ट्राइकेर २० ट्याब्लेट, स्पास्मो १० ट्याब्लेट बरामद गरेको छ ।

लागुऔषध बुलेटिनको विमोचनका क्रममा प्रदेश नं ५ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) पिताम्बर अधिकारीले खुला सीमाका कारण बाँकेमा लागुऔषधको सेवन र कारोबार बढ्दो अवस्थामा रहेको जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयो । “खुला सिमानाका कारण लागुऔषधको प्रयोग तथा ओसारपसारको अवस्था भयावह छ । सबैको सहकार्य र सहयोगले मात्र यसलाई नियन्त्रण गर्न सम्भव हन्छ”, मा आएको तथ्याङ्कले यस प्रदेशको अवस्था निकै डरलाग्दो भएको बताउनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update