X
0
Shares

शिक्षककाे शव नदीमा भेटियो

अमृत अधिकारी || १६ जेष्ठ २०७६,बिहीबार १८:३३

दिपायल – जिल्लाको सेती नदीमा एक शव फेला परेको छ । शिखर नगरपालिकाको प्रसिद्ध धार्मिक क्षेत्र भागेश्वर नजिकै हालै निर्माण भएको झोलुङ्गे पुल नजिकै नदीमा शव फेला परेको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

शवको पहिचान नभइसकेको भए पनि यही जेठ ३ गते शुक्रबार सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका जिल्लाको केआइसिंह गाउँपालिका–५ रानागाउँका शिक्षक योगबहादुर रावलको शव हुनसक्ने प्रहरी उपरीक्षक माझीले बताउनुभयाे । उहाँले भन्रुभयाे, ‘शव भेटिएको छ, चिन्न सकिने अवस्थामा छैन, तर शिक्षक योगबहादुर रावलको हुनसक्ने हामीले अनुमान गरेका छौं ।’

सेती नदीमा नुहाउने क्रममा रानागाउँको सरस्वती माध्यमिक विद्यालयमा नेपाली विषय शिक्षकसमेत रहेका रावल जेठ ३ गतेदेखि बगेर बेपत्ता भएका थिए । रावल बगेर बेपत्ता भएको करीब १२ दिनपछि उनी बगेको ठाउँबाट करीब चार/पाँच मिटर तल उक्त शव भेटिएकाले शव रावलकै भएको हुनसक्ने प्रहरीको अनुमान रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताउनुभयाे ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys