Erani Mahal
बस र ट्रक आपसमा ठोक्किदा दुइ जनाको मृत्यु, २१ घाइते
61761194_635948766905989_8871995264810876928_n

बुटवल - नवलपुरको देबचुलीमा बिहीबार दिउँसो बस र ट्रक एकआपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् ।

दुर्घटनामा परि गम्भिर घाईते भएर पुरानो मेडिकल कलेज भरतपुर पु¥याईएका २ जना महिलाको उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

मृतकहरुको सनाखत भएको छैन । पुरानो मेडिकल कलेज भरतपुरमा एक जनाको अतयन्तै गम्भिर अबस्थामा उपचार भईरहेको रानाभाटले जानकारी दिनुभयो ।
देबचुली नगरपालिकाको राजमार्गमा पर्ने हमालचोक नजिकै ना ४ ख ५२९५ नम्बरको बसर र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।

प्रहरी नायव उपरिक्षक रानाभाटले दिएको जानकारी अनुसार चितवनको चितवन मेडिकल कलेजमा ७ जना र मनकामना अस्पतालमा १३ जनाको उपचार भईरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update