Erani Mahal
डिप्रोस लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण
IMG_2891-1

विकास काफ्ले पाल्पा– डिप्रोस लघुवित्त वित्तिय संस्थाद्वारा रम्भा गाउँपालिकाका ४ हुमिनको विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।


हुमिनको अमर आधारभूत प्राथमिक विद्यालयका विद्यार्थीलाई ट्याक्सुट, कुसन र कार्पेट वितरण गरिएको हो ।


संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाका प्रदेश प्रमुख जमिरी राय यादवले विद्यालयको ६२ औं वार्षिक उत्सवको अवसरमा प्रदान गर्नुभएको हो ।


कार्यक्रममा संस्थाका प्रदेश नं. ५ का अनुगमन अधिकृत निलराज ढकाल, पाल्पा शाखा प्रमुख कमला कुँवर, गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, वडा अध्यक्ष भोजबहादुर विक, प्रअ रामप्रसाद खनाल लगायतको उपस्थितिमा वितरण गरिएको हो ।


कार्यक्रम गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल आचार्यको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update