Erani Mahal
त्रिबक्या पाल्पाको प्रमुखको कक्षमा तालाबन्दी
61667714_2510383385661656_3236674344809660416_n

पाल्पा– अनेरास्ववियू क्रान्तिकारी र अनेरास्ववियू पाल्पाले त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । सत्तारुढ पार्टी नेकपाका विद्यार्थी भातृ संगठनले क्याम्पस प्रमुख जीवनबहादुर थापाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।


क्याम्पसले विना विज्ञापन शिक्षण सहायक नियुक्ति गरेको, प्रतिस्प्रर्धा विना शिक्षण सहायक नियुक्ति, गरेर क्याम्पसको शैक्षिक पठनपाठनमा प्रभाव पारेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।


क्याम्पसले स्वतन्त्र रुपमा विज्ञापन गरेर छनौट गर्नपर्नेमा एकलौटी रुपमा शिक्षण सहायक नियुक्ति गरेपछि त्यसको विरोध र शैक्षिक गुणस्तर वृद्धिका लागि चारबुँदे माग सहित क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पदम सोमैले बताउनुभयो । उहाँले क्याम्पसले सरोकारवाला पक्षसँग छलफल नगरी एकलौटी ढंगले क्याम्पसमा नियुक्ती गरिएकोले त्यसको खारेजीको माग समेत गरेका छौं, अध्यक्ष सोमैले भन्नुभयो ‘हाम्रो माग पूरा नहुँदा सम्म तालाबन्दी अनिश्चितकाल सम्म लाग्ने छ । ’


क्याम्पसले रिक्त पदमा विज्ञापन नखुलाउने, खुलाएका विज्ञापनमा पनि पारदर्शीता नदेखाएकाले बाध्य भएर तालाबन्दीको कार्यक्रम गरिएको अनेरास्ववियूका सदस्य निशान्त रिंजालीले बताउनुभयो ।


क्याम्पस प्रमुख जीवन बहादुर थापाले एमए अंग्रेजी र अर्थसास्त्रको विषयको सेमेष्टर प्रणालीका लागि जनशक्ति अभाव भएपछि समितिको निर्णय अनुसार नै राखिएको बताउनुभयो । उहाँले आंशिक कर्मचारी भर्ना गर्ने विभिन्न विधि हुने भएकाले आवश्यकता आधारमा राखिएको बताउनुभयो ।
हेर्नुहोस् विद्यार्थीको माग पत्र

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update