Erani Mahal
गणतन्त्र दिवसका अवसरमा रिब्दीकाेटमा वृक्षाराेपण
DSC_9757

पाल्पा - संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ११ वर्ष पुगेर १२ वर्ष प्रवेश गरेको अवसरमा पाल्पाको रिब्दीकोट गाउँपालिकाले बुधबार गणतन्त्र दिवसको अवसर पारेर धार्मिक एतिहासिक र पर्यटकीय क्षेत्र जलेश्वर मन्दिर परिसरमा सरसफाई तथा बृक्षा रोपण कार्यक्रम गरिएको छ ।

गाउँ पालका अध्यक्ष नारायण बहादुर जिसि प्रशासकीय अधिकृत रिषिराम अर्याल, नेकपा जिल्ला सदस्य माधव अर्याल, नेपाली कांग्रेसका खड्क बहादुर थापा लगायत अन्य संघ सस्थाका पतिनिधहरुको उपस्थितिमा मन्दिर आसपासको क्षेत्रमा सरसफाई तथा केरा टिमुर लगायत जडिबुटीका बृक्षा रोपण गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नारायण जिसिले रिब्दीकोट गाउँ पालिका भित्रकै नमुना गन्तब्य बनाउन लागेको बताउदै मन्दिरको पुरानो ईतिहास हुँदाहुँदै पनि ओझेलमा परेका कारण गाउँपालिकाले गुरु योजना बनाएर काम गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा उपस्थीत भएका बक्ताहरुले गणतन्त्र स्थापना भएको लामो समय भएता पनी दुरदराजका जनताहरुले गणतन्त्रको अनुभुति नगरेको बताएका थिए । कार्यक्रम मन्दिर रिबदीकोट ५ का वडा अध्यक्ष कृष्ण थापाको अध्यक्षता तथा गाउँपालिका अध्यक्षका प्रेस सल्लाकार शिव जिसिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update