Erani Mahal
कक्षामा विद्यार्थी क्याप्टेन छान्न पनि चुनाव !
11266235_763742543734892_5519908495400111339_o

बुटवल - विद्यार्थीहरुको भविष्यलाई शुनिश्चित गर्ने उद्देश्यका साथ सेन्ट जोसेफ माविले प्रत्येक कक्षामा विद्यार्थी क्याप्टेन र उपक्याप्टेन छनौट प्रकृयालाई अपनाउँदा विद्यालयमा एक प्रकारको चुनावी माहोल सृजना भएको विद्यालयकका सहायक प्रार्चाय कमल पोखरेलले जानकारी दिनुभयाे ।

पोखरेलका अनुसार कक्षामा क्षमतावान र उत्कृष्ट विद्यार्थीहरु हुँदाहुँदै मोनिटर (क्याप्टेन) नहुँदा विद्यार्थीहरुमा बढी आफू खुशी बढ्दै जानथालेपछि विद्यालयले विद्यार्थीहरुमा आपसी प्रतिस्पर्धा गराई सक्षम मोनिटर चुन्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रयास गरेको भलवारीका स्थानीयहरुको बुझाई छ ।


सहायक प्राचार्य कमल पोखरेलका अनुसार कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले क्याप्टेन र भाईस क्याप्टेन छात्र, छात्रा तर्फ भोट हालेका थिए । जसमा तीन सय ५० विद्यार्थीहरु सहभागी भएको निर्वाचन प्रमुख विशाल गोतामेले जानकारी दिनुभयाे ।

गोतामेका अनुसार छात्र तर्फ नमस काउछा विद्यालय क्याप्टेन र छात्रा तर्फ प्रकृति सुनुवार निर्वाचित भएका छन् । त्यसैगरी विद्यालय सहायक क्याप्टेन छात्र तर्फ सरुन थापा र विद्यालय सहायक छात्रा तर्फ यमुना जिएम छनौट भएको साहयक प्राचार्य कमल पोखरेलले बताउनुभयाे ।

१६ जना विद्यार्थीहरुले उमेद्वारी दिएको शैक्षिक गुणस्तर सुधारमा आन्तरिक विद्यार्थीहरुको निर्वाचन कार्यक्रम भव्य र सब्यका साथ हिजो मंगलबार समापन भएको सहायक प्रार्चाय पोखरेलले बताउनुभयाे ।

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update