Erani Mahal
रामपुरमा दुइ कोठे भवन बन्ने
61142996_398353440762566_5352963855792209920_n

पाल्पा - सीता माध्यमिक विद्यालय सीताकुण्डमा २ कोठे विद्यालय भवन निर्माण हुने भएको छ । नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत १६ लाख रुपैयाँको लागतमा बन्ने भवनको शिलान्यास गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले प्रचुर संभावना रहेको र ऎतिहासिक सीताकुण्डमा बाटो स्तरिय बनेको र शिक्षामा पनि फड्को मारेको बताउनुभयो ।

पूर्वाधार निर्माणमा स्थानीय सरकारले ध्यान दिईरहेको समयमा स्तरिय पढाईको नाममा गाउँ छाड्ने प्रवृति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । गाउघरमा बिकास र संभावना बढेकोले आफ्नै थलो बनाउन र लागि पर्न गाउमा नै रहेर बिबिधता र सम्पदा संरक्षणका लागि जुट्न स्थानीयलाई आग्रह गर्नुभयो ।

रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दिनेश कुमार खनालले भवन निर्माण सुरु भएसंगै भुकम्प पछि जिर्ण भवनले बढाएको जोखिम थप भवन बनेपछि हट्ने बताउनुभयो। विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद खनालले नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रमबाट १६ लाख रुपैयाँको लागतमा भवन निर्माण हुने बताउनुभयो ।

ट्रस सहितको भवन यही असार मसान्त भित्र बनिसक्ने प्रध्यानाध्यापक खनालले जानकारी दिनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीता ज्ञावलीको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रमको संचालन शिक्षक रुद्र नेपालीको गर्नुभएको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update