Erani Mahal
विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
61494675_325571261709172_4596400504698830848_n

पाल्पा - सिन्दुर आधारभूत विद्यालय निस्दी-६,अर्चले,पाल्पाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोग र देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था निस्दी-६,अर्चलेको समन्वयमा वितरण कार्यक्रम भएको हो।

संस्थाका अध्यक्ष टेक बहादुर सोमैको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै मुख्य पाहुना वडाध्यक्ष सुनारीले आफ्ना बालबालिकाहरुलाई अभिभावकले समय दिनुपर्ने बताउदै बाल बचत गरेर भोलिको उच्च शिक्षामा सदुपयोग गर्न सुझाव दिनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य दिल बहादुर मश्राङ्गी, प्रधानाध्यापक हुम बहादुर सुनारी लगायतकाले बोल्नुभएको थियो ।

बालबिकास केन्द्र र कक्षा १ मा अध्ययनरत २९ जना विद्यार्थीहरुलाई झोला,कापी र कलम वितरण गरिएको हो।यसैबीच अकला आधारभूत विद्यालय निस्दी-६,अधमारा र कमला देवी प्राथमिक विद्यालय निस्दी-६,रनगुवामा समेत वितरण एक कार्यक्रमका बिच वितरण गरिएको छ।संस्था उपाध्यक्ष महेन्द्र बयम्बुको स्वागत बाट शुरु भएको कार्यक्रमको सन्चालन सचिब होम राई मगरले गर्नुभएको हो।

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update