Erani Mahal
गणतन्त्र दिवस तीन दिन मनाइने, प्रदेश ५ मा बिदा नहुने
1517395048840_BK_Butwal_20180130_p5-1

बुटवल - प्रदेश ५ सरकारले गणतन्त्र दिवशकाे दिन सार्वजनिक विदा नदिने भएकाे छ । गणतन्त्र दिवसलाइ ३ दिन सम्म बिभिन्न कार्यक्रम गरी मनाउने सरकारले निर्णय गरेकाे छ । तीन दिवसीय कार्यक्रम अन्तर्गत मंगलबार स्थानीय तहहरुले आ–आफनो क्षेत्रमा सरसफाई गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम रहेको छ ।

गत वर्ष बिदा दिइएपनि यस वर्ष बिदा दिने निर्णय नगरिएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभएकाे छ ।

यस्तै बुधबार जेठ १५ गते गणतन्त्र दिवशको मुख्य दिन बिहान राजमार्ग चौराहाबाट प्रभातफेरी सुरु भई बुटवलमण्डपमा पुगेर बिशेष समारोहमा परिणत हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

बिशेष समारोह प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा हुने जनाइएको छ । बुधबार साझ प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय सहित प्रदेश सरकारका बिभिन्न मन्त्रालय र कार्यालयहरुमा दीपावली गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै जेठ १६ गते बिभिन्न सामाजिक संस्थाहरुको आयोजनामा रक्तादान तथा आश्रमहरुलाई सहयोग गर्ने कार्यक्रम तय गरिएको छ । गणतन्त्र दिवसको अवसरमा बिभिन्न पत्र पत्रिकाहरुमा प्रकासित गणतन्त्र सम्बन्धि उत्कृष्ठ लेख रचनाहरुलाई पुरस्कृत गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update