Erani Mahal
गुल्मीबाट हराएका बालिका रूपन्देहीमा भेटिए
61748499_402874500562737_5576537558046736384_n

गुल्मी - आइतबार रातिदेखि बेपत्ता भएका गुल्मीस्थित छत्रकोट गांउपालिका वार्ड नं ३ छाँपका दुइ युवतीसहित एक बालिका मंगलबार भेटिएका छन् । उनीहरू रूपन्देहीकाे मधाैलियाबाट सम्पर्कमा आएका हुन् । उनीहरू मंगलबार दिउँशाे मधाैलियामा भेटिएकाे स्थानीय भुवन भुसालले जानकारी दिनुभयाे ।

आइतबार राति खाना खाएर सुतेका उनीहरु साेमबार बिहान घरमा नभएको परिवारले बताएका थिए । २१ वर्षकी पुजा अर्जेल, १४ वर्षकी गंगा नेपाली र जमुना नेपाली हराएका थिए । गंगा र जमुना जुम्लेया दिदि बहिनी हुन् ।

उनीहरूकाे खाेजी प्रहरी र आफन्तले गरेका थिए । उनीहरूलाइ रूपन्देहीसम्म कसले पुर्यायाे भन्ने बारेमा भनेर खाेजीविन भइरहेकाे छ । केही दिन अघि भारतका तीन युवाले गुल्मी धुर्काेट गाउँपालिकाबाट पनि एक युवती सहित दुइ किशाेरीलाइ विवाह गर्न भन्दै भारततर्फ लगेका थिए । तर उनीहरूलाइ विशेष सुराकीकाे अाधारमा पाल्पा प्रहरीले हार्थाेकबाट पक्राउ गरेकाे थियाे । तीन जना युवा बिरद्ध मानव बेचबिखन सम्बन्धी मुद्दा चलाइएकाे छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update