Erani Mahal
निस्दीको अर्चलेमा कानुनी शिक्षा तथा महिला अधिकार सम्बन्धि तालिम
61633110_402403853688292_1609670944161267712_n

पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर ६ अर्चले, पाल्पामा कानुनी शिक्षा तथा महिला अधिकार सम्बन्धि २ दिने तालिम साेमबार सम्पन्न भएको छ । निस्दी गाउँपालिका,पाल्पाको आर्थिक सहयोग र महिला उत्थान समन्वय समिति निस्दी-६, अर्चले, पाल्पाको आयोजनामा तालिम संचालन भएको हो ।

तालिमको समारोह समितिका अध्यक्ष योमाया मश्राङ्गीको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्री पाहुना निस्दी गाउँपालिका वडा नम्बर ६ अर्चलेका अध्यक्ष मेख बहादुर सुनारी रहनुभएको हो ।कार्यक्रममा बोल्दै मुख्यपाहुना वडाध्यक्ष सुनारीले महिलाहरुले आफूले पाएको अधिकार प्रयोग गर्न बिना संकोच अगाडि सर्न तत्परता देखाउनु पर्ने भन्दै सम्पूर्ण टोलकाका महिलाहरुले आफुलाई पर्न सक्ने समस्यामा छलफल गरी समाधानका उपाय बारे निष्कर्ष निकाल्न सक्षम हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका सदस्य मिम्श्री बयम्बु,होम राई मगर,सिर्जना खण्डलु लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो । अाइतबार र साेमबारसम्म चलेको तालीमको सहजीकरण महिला अभियन्त राजेन्द्रलक्ष्मी गैरेले सहजीकरण गर्नुभएको थियो ।

अर्चलेका विभिन्न स्वास्थ्य आमा समूहका ३६ जनाको सहभागिता रहेको तालिम समापन समारोहको संचालन मिम्श्री राना (सुनारी)ले गर्नुभएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update