Erani Mahal
पाल्पामा कुष्ठ राेगी भन्दै गाउँ निकाला गरेपछि ३० वर्षदेखि जंगलकाे झुप्राेमै बास
Untitled-2-copy

पाल्पा - सुन्द अचम्म लाग्न सक्छ अहिलेको जमानामा पनि कुष्ठ रोगीलाई गाउँभन्दा टाढा जंगलमा राख्ने पुरानो चलन यहाँ भने कायमै छ । पाल्पा जिल्ला निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल, घुंसिबारका ८० वर्षीय जसवीर सोती कुष्ठ रोग लागेकै निहुमा अहिलेसम्म पनि जंगलमै बस्दै आउनुभएकाे छ ।

वि. स १९९६ सालमा जन्मनुभएका सोतीलाई यहाँका गाउँलेहरुले २०४० सालमा कुष्ठ रोग लागेपछि गाउँ निकला गरेका थिए । गाउँभन्दा करिब ७ सय मिटर तल बाँस घारीको भिरालो जग्गा साँघुरो छाप्रोमा सोतीले दिनरात कटाउदै आउनुभएकाे हाे ।

त्यतिबेला म ४४ वर्षको थिए । कुष्ठ रोग लागेपछि मलाई गाउँमा सबैले हेला गर्न थाले , मेरो नजिक कोही थिएनन्र,, संगै खाना बस्न कोही पनि मनेनन अन्तमा मलाई यहाँ ल्याएर राखे उहाँले भन्नुभयाे । इरानीमहलसँग कुराकानी गर्दा आँखाबाट आँसु झर्दै सोतीले भन्नुभयाे ३५ वर्षदेखि जंगलमै बसेकाे छु ।

यो बुढेसकालमा अब घर जान्न कति दिननै बाँचिएला र ? यहीँ बस्ने, रमाउने बानी परिसक्यो। घरका सबैले लिन आउँछन तर गाउँलेहरुले दुख मान्ने डरले घरमा फर्किन सकेकाे छैन । हावाहुरी चाल्द र पानी परेको बेला छाप्रो चुहेर सुत्न पनि पाइन्न सोतीले भन्नुभयाे ।

कहिलेकाही राती जंगली जनावर हिडडुल गर्दा कराउँद साह्रै डर लाग्छ । उहाँले अहिलेसम्म विवाह गर्नुभएकाे छैन । तर आफ्नो भाइको छोरा बुहारी नातिनातिनाले धेरै माया लाग्ने उहाँले बताउनुभयाे ।

पहिला-पहिला गाउँमा जाँदा लुकेर जानुपर्थ्यो अहिले त्यस्तो छैन विवाह भोजभतेर चाडपर्वमा जान्छु तर राति सुत्न भने जंगलमै आउछु उहाँले भन्नुभयाे । ४० सालदेखि सधैं यहीँ छाप्रोमा सुत्दै आएको छु । सोतीलाई उपचार गर्न, घर जान र संगै खाना बस्न धेरै सम्झए मान्नुहुन्न परिवारका सदस्य डिल बहादुर सोतीले भन्नुभयाे । सोती दिनमा खेतबारी, घाँस दौरा गर्ने र गाई चराउन जाने तर खाना र सुत्नको लागि भने त्यहीँ छाप्रोमै फर्कने गर्नुभएकाे छ ।

कुष्ठ राेग उपचार गरेर सन्चाे भए पनि उहाँकाे अहिलेसम्म उपचार हुन सकेकाे छैन । उपचार गरे निकाे हुने भएपनि साेतिले नै उपचार स्थलमा जान नमानेकाे परिवारकाे भनाइ छ । त्यहाँकाे स्वास्थ्य चाैकीले भने उहाँकाे उपचार भएकाे जनाएकाे छ ।

प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update