Erani Mahal
रानीमहल अडिएको पहाड नदीले कटान गरे–नगरेको अध्ययन्
Untitled-1-copy-4

पाल्पा – पाल्पाको बौघागुम्हास्थित ऐतिहासिक रानीमहल दरबारअडिएको चट्टान कटान भए/नभएको विषयमा अध्ययन् गरिएको छ । कालीगण्डकी नदी तीरको चट्टानमाथि अवस्थित रानीमहलको जग परीक्षण गरेर यसको विषयमा अध्ययन् गरिएको हो ।

एक सय २१ वर्ष पुरानो दरबारको जग परीक्षण क्रममा नदीले सात फिटसम्म कटान भएको भेटिएको सशत्र प्रहरी बल केन्द्रीय कार्यालय काठमाडौँबाट आउनुभएका गोताखोर प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीले जानकारी दिनुभयो । प्रेमको प्रतीक रानीमहल दरबार भत्किने अवस्थामा पुगेको भन्दै विभिन्न पक्षबाट चिन्ता व्यक्त गरेपछि गोताखोरको टोली माग गरेर अनुसन्धान गरिएको हो ।

तस्विर : अनिल लिगल ।


रानीमहल निर्माण भएपछि एक सय २१ वर्षको अबधिमा तीन देखि सात फिटसम्म नदीले रानीमहलको जग कटान गरेको टोली प्रमूख मण्डारीले जानकारी दिनुभयो । टोलीमा सशत्रका हवल्दार बलराम अधिकारी र पारस खाम्चा पनि रहनुभएको थियो ।


तत्कालिन पाल्पा तैनाथ खड्ग शमशेरले वि.स. १९५४ मा आफ्नी रानी तेजकुमारीको सम्झनामा रानीमहल दरबार कालीगण्डकीको तिरमा निर्माण भएको थियो । जसलाई अहिले प्रेमको प्रतिकको रुपमा समेत लिने गरिन्छ ।


पाल्पाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अगुवाइमा तानसेन नगरपालिका, सशस्त्र प्रहरी बल नम्बर ३५ गुल्मको सहयोगमा रानीमहलको जगमा गोताखोर परिचालन गरी जग कटानबारे जानकारी लिइएको हो । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको रानीमहलको कुनै पनि तरिकाबाट खतरा नहोस्, भएको खण्डमा समयमै रानीमहललाई जोखिममुक्त गराउन सकियोस् भनेर अध्ययन् अनुसन्धान गरिएको प्रजिअ यादवले बताउनुभयो ।


रानीमहलको जगमा अहिलेसम्म भएको कटान जोखिम हटाउन प्राविधिकसँग परामर्श गरी संरक्षणको उपाय चालिने प्रजिअ यादवले बताउनुभयो । अहिलेसम्म कालीगण्डकीको चट्टानमाथि रहेको जगको वास्तविक अवस्था पत्ता लागेको थिएन ।

रानीमहलको संरक्षण गर्ने कार्य अन्तर्गत जगका बारेमा अध्ययन् पहिलो पटक भएको तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले बताउनुभयो । गत वर्ष सङ्घीय सरकारले रानीमहलको संरक्षण र रेखदेखको जिम्मा समेत तानसेन नगरपालिकालाई दिएको छ ।

रानीमहलको संरक्षण गर्ने कार्य अन्तर्गत जगका बारेमा अध्ययन् पहिलो पटक भएको तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले बताउनुभयो । गत वर्ष सङ्घीय सरकारले रानीमहलको संरक्षण र रेखदेखको जिम्मा समेत तानसेन नगरपालिकालाई दिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update