Erani Mahal
निस्दीमा जेष्ठ नागरिक स‌‌गै उत्कृष्ट  छोराबुहारी सम्मानित
61584011_864015550600024_4636676319998902272_n

पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका जेष्ठ नागरिक तथा उत्कृष्ट छोराबुहारी सम्मानित भएका छन् ।

निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोग र देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था लि.निस्दी-६,अर्चले,पाल्पाको आयोजनामा आज एक कार्यक्रमका बिच सम्मानित भएका हुन्।संस्थाका अध्यक्ष टेक बहादुर सोमैको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्यपाहुना निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो।

कार्यक्रममा बोल्दै मुख्यपाहुना अध्यक्ष सारुले राज्यले जेष्ठ नागरिकहरुका लागि राम्रा कार्यक्रमहरु ल्याएको बताउदै जेष्ठ नागरिक सबैको अभिभावक रहेको बताउनुभयो।उहाँले अगाडि भन्नुभयो जेष्ठ नागरिकहरुको ज्ञान र सीप अहिलेको परिवेरमा महत्त्वपूर्ण रहेकोले सम्मानित हुने छोराबुहारीलाई धन्यवाद समेत दिनुभएको थियो।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीले जेष्ठ नागरिकहरुको सम्मान गर्न पाउनु गर्व रहेको बताउदै आफ्ना सन्ततिको ख्याल गर्न जेष्ठ नागरिक सफल रहेको बताउनुभयो।

कार्यक्रममा निस्दी गाउँ कार्यपालिकाका सदस्य मिम्श्री बयम्बु,वडा सदस्य कृष्ण बहादुर सोमै लगायतकाले बोल्नुभएको थियो।कार्यक्रममा निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका ३५ जना जेष्ठ नागरिक र ९ जना छोरा बुहारी सम्मानित भएका थिए।संस्थाका उपाध्यक्ष महेन्द्र बयम्बुको स्वागतबाट शुरुभएको कार्यक्रमको सन्चालन सचीव होम राई मगरले गर्नुभएको हो।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update