X

तानसेनकाे सडक फराकिलाे बनाउन काम सुरू

रानीमहल संवाददाता || १२ जेष्ठ २०७६,आईतवार १०:५४

पाल्पा – जिल्ला सदरमुकाम तानसेनदेखि गुल्मी तम्घास जाने सडकको फराकिलो बनाउने काम सुरु भएको छ । तानसेन नगरपालिकाले तानसेनकै होलाङ्दीदेखि तानसेनकै ढुङ्गाखानीसम्म सडक बिस्तार गर्ने निर्णयअनुसार सडक फराकिलो बनाउने काम सुरु भएको हो ।

नगरपालिकाले अहिले तानसेनको वनदेविबाट सडक फराकिलो पार्ने काम सुरु गरेको जनाएको छ । सडक बिस्तार तथा फराकिलो पार्नका लागि ४० लाख बजेट विनियोजन गरेर नगरपालिकाले समय सापेक्ष सडक फराकिलो बनाएको जनाएको छ ।


तानसेन–तम्घास सडकखण्ड साँघुरो हुँदा दिनहुँ हुने सडक जाम जस्ता समस्या समाधान गर्न सडक फराकिलो पारेको तानसेन नगरपालिकाका प्रमूख अशोककुमार शाहीले बताउनुभयो । नगरप्रमूख शाहीले यो वर्षदेखि सडक फराकिलो पार्ने काम सुरु भएको र अर्को वर्ष पनि नगरपालिकाले निर्णय गरेका क्षेत्रान सडक फराकिलो पार्दै जाने बताउनुभयो । सडक बिस्तार गरेका स्थानीय बासिन्दासँग सहकार्य र छलफल गरेर तानसेन नगर कार्यपालिकाको बैठकले निर्णय गरे अनुसार सडक फराकिलो हुने उहाँको भनाई छ ।


तानसेन नगर कार्यपालिकाको गत २०७५ फागुनमा बसेको बैठकले सडक केन्द्र भागदेखि दायाँबायाँ १०/१० मीटर सडक फराकिलो पार्ने निर्णय गरेको थियो । तानसेनको होलाङ्दीदेखि ढुङ्गाखानीको सडक बिस्तार गरेको खण्डमा दुई सय ५० बढी घरहरूमा क्षति पुग्ने बताइएको छ । केही घरहरू सडक विस्तार हुनुभन्दा अघि बनेका र केही घरहरू विगतमा तानसेन नगरपालिकासँग सडक बिस्तार गर्ने क्रममा घर भत्काउने कागजपत्र बनाएर घरधनीले घर बनाएका थिए ।

सडकमा गुड्ने सवारीसाधनको सङ्ख्यामा बृद्धि भएपछि अहिले दिनहुँ टूाफिक व्यवस्थापन गर्न गाह्रो भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमूख डम्मर गिरीले बताउनुभयो । तानसेन–तम्घास सडकखण्ड साँघुरो हुँदा सडक जामले हैरान बनाएको ट्राफिक प्रमूख गिरीले भन्नुभयो सडक बिस्तार नगरी समस्याको समाधान हुँदैन ।


तानसेन नगरपालिकाले आगामी वर्ष पनि सडक फराकिलो पार्ने उद्देश्यका साथ अहिले सडक विस्तारको काम गरिरहेको जनाएको छ । अर्को वर्ष पनि सडक बिस्तार हुन्छ नगरपालिकाका इन्जिनियर विशाल वलीले भन्नुभयो यो वर्ष वनदेविदेखि शान्ति स्तूपासम्म सडक खन्ने काम भईरहेको छ ।

नगरपालिकाका अनुसार पहिले छ मीटर मात्र फराकिलो रहेको सडक १२ मीटर फराकिलो बनाइएको छ । १२ मीटर सडक बनेको खण्डमा तीन लेनको सडक बिस्तार हुने र आगामी दिनमा ट्राफिक समस्या समाधान हुने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys