Erani Mahal
पाल्पा व्यापार संघकाे साधारणसभा
61281568_1016452085227740_7409551672092917760_n

पाल्पा - राजनैतिक तथा प्रशासनिक केन्दका रुपमा रहेको पाल्पामा पछिल्लो समय व्यावसायिक चुनौति बढेको पूर्व उद्योग मन्त्री तथा सांसद सोमप्रसाद पाण्डेले बताउनुभएको छ । उहाँले व्यवसायिक चुनौती हटाउन सवै उद्योगी व्यवसायीको नेतृत्व गर्ने संगसंस्था एकै ठाउँमा रहेर योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

पाल्पा व्यापार संघको दोस्रो साधारण सभामा वोल्दै सांसद पाण्डेले जिल्लामा रहेका एतिहासिक तथा पर्यटकिय क्षेत्रको व्यवस्थापन सहितको विकास योजना ल्याउन सके पाल्पालीको सम्वृदि हुने बताउनुभयो । कार्यक्रममा नेपाल चेम्वर अफ कर्मसका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश ५ का संयोजक भीम पौडेलले व्यापारीहरु वोलेर मात्र नहुने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका नेकपा केन्द्रिय सदस्य ठाकुर गैरेले व्यापरीहरुको साझा संस्थाका रुपमा स्थापित पाल्पा व्यापार संघले पाल्पाको सामाजिक तथा आर्थिक विकासमा अर्थपूर्ण साझेदारी गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल कम्प्युनिष्ट पार्टी नेकपा पाल्पाका अध्यक्ष तथा प्रदेश सांसद नारायणप्रसाद आर्चायले स्थापनाको छोटो समयमा पाल्पाली व्यापारीहरुको विकास र प्रवद्र्धनमा संघको ठूलो योगदान रहेको बताउनुभयो ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले व्यापारीहरुको हितमा काम गर्ने संस्था बिच सहकार्य भएको बताउनुभयो । कार्यक्रममा केपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नेत्र पाण्डे, राप्रपाका अध्यक्ष डुलबहादुर कुवर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, संघका कानुनी सल्लाहकार रामबहादुर राउत, उपभोक्ता हित सरक्षण मंच पाल्पा अध्यक्ष माधव नेपाल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल तथा छिमेकी जिल्लाका चेम्वरका अध्यक्ष लगायतले साना लगानीका व्यापारीको हकहितमा केन्द्रित रहेर काम गर्न आग्रह गर्नुभयो ।

संघका उपाध्यक्ष बामदेव बस्यालको स्वागत, सचिव परशुराम पौडेलको संचालन तथा अध्यक्ष चिरन्जीवि पोखरेलको अध्यक्षतामा कार्यक्रम चलेको हो ।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update