Erani Mahal
तानसेनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
60937381_869800993367170_5630794909234495488_n

पाल्पा - तानसेनमा रोटरी क्लव अफ् पाल्पा तानसेन र तानसेन नगरपालिकाको संयुक्त साझेदारीमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ७ सय ४ जनाले सेवा लिएका छन् ।

‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मूल नाराको साथ स्थापित रोटरी क्लवले आफ्नो वार्षिक कार्यक्रम अनुसार स्वास्थ्य शनिबार तानसेनमा शिविर संचालन गरेको हो । सन् २००१ मा स्थापना भएको यस क्लवले आफ्नो स्थापनाकालदेखि हालसम्म विभिन्न गतिविधिहरू गर्दै आइरहेको क्लवका अध्यक्ष जयन्नाथ अर्यालले बताउनुभयो ।

क्लवको वार्षिक कार्यक्रम अनुसार सामाजिक उत्तरदायिŒवलाई बहन गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको उहाँले बताउनुभयो । तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसमा सञ्चालन भएको शिविरमा मुटु, मृगौला, दम तथा छाती, निमोनिया र अन्य रोग सम्बन्धि वृहत स्वास्थ्य परीक्षण निशुल्क रूपमा उपलव्ध गराइएको थियो ।

शिविरको उदघाटन पूर्वमन्त्री एवं संघीय सांसद सोमप्रसाद पाण्डेयले गर्नुभएको थियो । अस्पतालका ६० जनाको टिमले शिविरमा प्राविधिक सहयोग गरेको क्लवका पूर्व अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताउनुभयो । शिविरमा पाल्पा, गुल्मी, स्याङ्जाका बिरामी आएका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update