Erani Mahal
पूर्वखोलाको जल्पामा काँग्रेसको भेला तथा सदस्यता वितरण
60863679_2090035144623028_5229316488984264704_n

पाल्पा– नेपाली काँग्रेस पाल्पाले पूर्वखोला गाउँपालिका २ जल्पा खैरेनीमा बृहत् आम भेला तथा सदस्यता वितरण कार्यक्रम गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सद्स्य बालकृण पाण्डेले जनताको चाहना अनुरुप अहिलेको सरकारले काम गर्न नसेको बताउदै अब काग्रेस गाउँ गाउँबाट जाग्ने बेला आएको र गाउँगाउँमा कृयासिल सद्स्यता वितरण गर्न यो अभियानले टेवा पुग्ने बताउनु भयो ।


पूर्वखोला गाउँपालिकाका कार्यक्रतालाइ क्रियाशिल सद्स्यता समेत प्रदान गरिएकाे छ । कार्यक्रममा नेपाली काग्रेस जिल्ला सदय अनिरुद्र खनाल, पूर्वखोला गाउँपालिका क्रियाशील सदस्य बितरण संयोजक झमन राज, महिला संघकी नेतृ गंगा पौडेल शर्मा, निलकण्ठ देवकोटा लगायतले कार्यक्रममा नेपाली काग्रेस अब संसक्त ढङबाट लाग्न पर्ने बताउनु भयो ।


भेलाबाट १३ सद्स्य ट्रेड युनियनको समेत गठन गरिएको छ । यस्तै जगत हिस्की मगरको संयोजकतोमा १३ सदस्य मगर संघको समेत गठन गरिएको छ । कार्यक्रम पूर्वखोला नेपाली काँग्रेस गाउँकमिटि सभापति कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा प्रचार प्रसारण समिति सद्स्य किशोर पंगेनीको संचालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update