Erani Mahal
शिक्षक महासघ पूर्वखोलाकाे प्रथम  गाउँ परिषद् सम्पन्न
61462909_2405054909557055_81707732717010944_n

पाल्पा- पूर्वखोला गाउपालिका पाल्पा शिक्षक महासघको प्रथम पालिकास्तरीय गाउँ परिषद् सम्पन्न भएको छ ।

गाउँ परिषद्का प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले कार्यक्रमा शिक्षकको पेशागत हक हितको लागि गाउँपालिकाले गर्न सक्ने काममा अावश्यक सहयाेग गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल शिक्षक महास‌घका जिल्ला उपाध्यक्ष केशब केसीले शिक्षकको हक हितको लागि महासघले एकबद्धता भएर अघि बढ्ने बताउनु भयो ।

शिक्षाबिद्ध निलकण्ठ न्यौपानेले शिक्षकरुले आफ्नो पेशामा दक्ष भएर लाग्नु पर्ने बताउनु भयो र आफ्नो अधिकारको लागि पछि हट्न नहुने कुरा बताउनु भयो ।

गाउँ परिषद्को बारेमा जिल्ला सह सचिब हरिलाल गैह्रेले कार्यक्रमको औचित्यको बारेमा जानकारी गराउनु भएकाे थियाे ।

बार्षिक समिक्षाको बारेमा बताउनु भयो । कार्यक्रम शिक्षक महासघ आबद्ध शिक्षकहरुले पधाधिकारी हरुले राखेको जिज्ञाशा माथी अन्त्रकृया समेत चलेको थियो । कार्यक्रम माहासघका सह अध्यक्ष माधब न्यौपानेको स्वागतमा महासघ अध्यक्ष सुशील न्यौपानेको अध्यक्षतामा र सचिब यज्ञ प्रसाद पंगेनीको संचालनमा भएको थियाे ।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update