Erani Mahal
पाल्पामा जीपकाे ठक्करबाट १६ महिनाकी बालिकाकाे ज्यान गयाे
Untitled-1

पाल्पा - निस्दी १ बाकामलाङ् हुँदै गेझा जाँदै गरेकाे जीपले ठक्कर दिदा शनिबार एक जना १६ महिनाकी बालिकाकाे ज्यान गएकाे छ ।

बाकामलाङ् डमरा हुँदै गेझा तर्फ जाँदै गरेको लु १ ज २४४४ नम्बरको जिपले शनिबार दिउँशाे ठक्कर दिदा बालिकाको ज्यान गएको छ ।

रिता पौडेल र भेषराजको छोरी घर अगाडि बाटो नजिक खेलिरहेकी १६ महिनाकी रितिका पौडेल क्षेत्रीलाई ठक्कर दिएको थियो ।

प्रहरीले अहिले सवारीलाइ नियन्त्रणमा लिएर चालककाे खाेजी गरिरहेकाे जनाएकाे छ । पछिल्लाे समय ग्रामीण क्षेत्रमा सवारी दुर्घटना बढेकाे छ ।

चालककाे लापरबाही र अत्याधिक गतिका कारण सडक दुर्घटना बढेकाे बताइएकाे छ । चालकलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे इलाका प्रहरी कार्यालय रामपुरका प्रमूख भुपाल सिंह रानाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update