Erani Mahal
यस्ता पनि ठेकेदार, जसले समयमै काम सके, फाइदा रकम फिर्ता गरे
khanepani-divitions-office

काठमाडाैँ - समयमै ठेक्का नसक्ने रोग निर्माण व्यवसायीको पुरानै हो । निर्माण व्यवसायीको यो प्रवृत्तिले सिंगो देश नै आक्रान्त छ । तर देशभर हजाराैं क्रियाशिल निर्माण व्यवसायीमध्ये एक जना त्यस्ता व्यक्ति पनि छन् । जसले समयमै काम सके र फाइदा राज्यलाइ फिर्ता गरेका छन् ।

यस्तो नमूना काम गर्ने निर्माण कम्पनी हो– सुनकोसीर खानीर थोदुङ जेभी । र, सञ्चालक हुनुहुन्छ-रामबाबु घिमिरे । घिमिरेकाे निर्माण कम्पनीले जिल्लाको ३ सरकारी भवन निर्माणको जिम्मा लिएकाे थियाे । त्यसकाे लागत रकम थियाे- १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ  ।

घिमिरेले लागत भन्दा कम रकममा नै निर्माण सम्पन्न गरिदिनुभयाे । त्याे पनि निर्धारित समयमा नै ।

रामेछाप सदरमुकाम मन्थलीका सात सरकारी भवन तोकिएको समयमा सम्झौताभन्दा कम लागतमै निर्माण भएका हुन् । भूकम्पबाट क्षतिग्रस्त भवनको पुणर्निर्माण गर्ने निर्माण व्यवसायीले कम रकममा निर्माण सकाएर राज्यकोषमा ४० लाख रुपैयाँ जम्मा गरिदिनुभएकाे छ ।

१३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँमा लिएकाे ठेक्का १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तीस रुपैयाँमै सम्पन्न भएको निर्माण व्यवसायी घिमिरेले बताउनुभयाे । तोकिएभन्दा कम लागतमा नै काम सकिएपछि आफूले बढी रकम सरकारलाई नै फिर्ता घिमिरेले जानकारी दिनुभयाे । घिमिरेकाे उदाहरणीय कामबाट राज्यकाे ३९ लाख ८५ हजार ८ सय १३ रुपैयाँ बचेको छ ।

खानेपानी डिभिजन कार्यालयको भवन निर्माणको लागि ४ करोड ६७ लाख ६२ हजार ६ सय ८२ रुपैयाँ, शहरी विकास फिल्ड कार्यालय भवनको लागि ५ करोड ७६ लाख ७२ हजार १ साय ४ रुपैयाँ र प्रमुख जिल्ला अधिकारी आवास भवको लागि २ करोड २४ लाख ३७ हजार ४४ रुपैयाँ रकम खर्च भएको कम्पनीले जनाएको छ ।

राष्ट्रिय पुणर्निर्माण प्राधिकरणबाट भूकम्पपछिको पुणर्निर्माणको लागि एसियाली विकास बैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत साझेदारी कार्यक्रमको लगानीमा ती भवनहरु निर्माण भएको हो । निर्माण सम्पन्न भवनहरु कार्यालय प्रयोजन, आवास, क्यान्टिन, ग्यारेज र फर्निचरको सुविधा सहित अपाङ्ग मैत्री छन् ।

निर्माण सम्पन्न भएका भवनहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापका आयोजना प्रमुख प्रभाकरलाल कर्णले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई हस्तान्तरण ग

प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update