X

कर्मचारीले मागे न्युनतम ३५ हजार तलब !

रानीमहल संवाददाता || ११ जेष्ठ २०७६,शनिबार १०:४०

काठमाडौं – निजामती कर्मचारीले बजेटमा आधारभूत तहको न्यूनतम तलब स्केल ३५ हजार रुपैयाँ हुनुपर्ने माग राखेका छन्। आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटका लागि निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सरकारसमक्ष यो माग राखेको हो।

नेपाल राष्ट्र बैंकको मूल्य सूचकांकको तुलनामा कर्मचारीको तलबमान न्यून रहेको र जीवन निर्वाहका लागि आवश्यक खाद्यवस्तु र सोबराबरको रकम विश्लेषण गर्दा न्यूनतम तलबमान ३५ हजार हुनुपर्ने माग कर्मचारीको छ।

यस्तै कार्यालय सहयोगी र मुख्य सचिवको तलबमानको १ ५ को अनुपातमा हुनुपर्ने माग राखिएको छ। अहिले कार्यालय सहयोगीको तलब स्केल न्यूनतम १६ हजार २३० रुपैयाँ र मुख्य सचिवको ५५ हजार २०० रुपैयाँ छ।

कर्मचारीको तलब भत्ता जीविकोपार्जनयोग्य नरहेको, तलब र भत्ताबाहेक अन्य लाभ नरहेको र सार्क राष्ट्रमै नेपालका निजामती कर्मचारीको तलब कम रहेका कारण जनाउँदै कर्मचारीले तलब वृद्धि हुनुपर्ने माग राखेका हुन्।

चालू आर्थिक वर्षमा २६ प्रतिशतले राजस्व वृद्धि भएको र मूल्यवृद्धि पनि ४।६ प्रतिशत मात्र रहेकाले तलब बढाउन सकिने आधार देखिएको कर्मचारीको तर्क छ। शनिबारको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys