Erani Mahal
गुल्मीमा बाेइलरकाे कुखुराकाे बच्चा उत्पादन हुने
11

गुल्मी - गुल्मीमा गाउँमै मेसिनबाट ब्रोईलर कुखुराको चल्ला उत्पादन गर्न थालिएको छ । जिल्लाको सत्यवती गाउँपालिकाद्वारा जिल्लामै पहिलोपटक नँया कार्यको थालनी गरिएको हो ।

करीब पाँच लाख रुपैँयामा खरिद गरिएको इन्कुवेटरबाट चल्ला उत्पादन थालएपछि गाउँपालिका कुखुरापालकहरु पनि उत्साहित भएका छन् । मेशिनबाट एकपटकमा ६ सय चल्ला उत्पादन गर्न सकिने पनि गाउँपालिकाले जनाएको छ । अण्डाबाट चल्ला तयार पार्न २१ दिन लाग्ने गर्दछ ।

पहिलो पटक किसानले दिएका ४०० अन्डाबाट २१० वटा चल्ला निस्किएको बताईएको छ ।

सत्यवती गाउँपालिकाले स्थानिय कृषकहरुलाई अनुदानमा हेट ट्याक्टर बितरण गर्ने, उत्पादित कृषि उपजहरु ढुवानी गर्न सवारी साधनको ब्यवस्था गर्ने, संकलन केन्द्र सन्चालन गर्ने, खसी बोका तथा दुध निर्यात गर्ने, उन्नत जातको बाख्राहरुको प्रदर्शन गर्ने लगायतका नमुना कामहरु गर्दै आएको छ । साथै वडा नम्वर ३ ठुलोलुम्पेकका सय घरधुरी किसान आत्मानिर्भर बन्ने गरी सो गाउँपालिकाले ब्यवासायिक तरकारी खेती सुरु गरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update