Erani Mahal
असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण
61097503_432203710677040_2907206243892330496_n

पाल्पा - रामपुर नगरपालिका वडा नम्बर ७ ले वडाका अनाथ तथा असहाय विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले स्टेशनरी सामाग्री दिएको छ । वडामा रहेका ४ वटा सामुदायिक विद्यालयका आमा वा बुवा गुमाएका तथा आफन्ती हौसला र सहयोगमा विद्यालयमा पढ्न आउनुपर्ने बाध्यता रहेका ६५ जना विद्यार्थीलाई नगरपालिकाको सहयोगमा वडाले कापी कलम वितरण गरेको हो ।

आमा र बुवा दुबै जना गुमाएका ४ विद्यार्थीलाई स्कुल झोला समेत वितरण गरिएको छ । स्टेशनरी सामाग्री वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सामाजिक दायित्वकै कारण उनीहरु नियमित विद्यालय आउने अबस्था भएको बताउदै लक्षित बालबालिकालाई पढाईमा मद्धत पुगोस् भनेर स्टेशनरी सामान दिइएको बताउनुभयो ।

उनीहरुको शिक्षा दिक्षामा समुदाय, विद्यालय सहयोगी हुुनुपर्नेमा उहाँले जोड दिनुभयो । सामाग्री हस्तान्तरण गर्दै उहाँले धेरै पढेर समाजको ठुलो र जिम्मेवार व्यक्ति बन्न विद्यार्थीलाई अनुरोध गर्नुभयो । वडामा रहेको आधारभुत माध्यामिक विद्यालय, विजय प्राथमिक विद्यालय, अकला प्राथमिक विद्यालय र संयुक्त प्राथमिक विद्यालयका विद्यार्थीलाई कापी, कलम वितरण गरिएको हो ।

रामपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तीर्थप्रसाद पंगेनीको अध्यक्षतामा आधारभुत माविमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव गिता पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update