Erani Mahal
तानसेनका युवालाई उद्यमशील बनाउन कार्यक्रम सम्झाैता
61208865_381794085877632_2062926487949934592_n

पाल्पा- तानसेन नगरपालिका र दायित्व संस्थाबीच युवालाइ उद्यमशील बनाउने गरी कार्यक्रम सम्झाैता भएकाे छ । तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाहीकाे उपस्थितिमा सम्झाैतामा नगरपालिकाकाे तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गाेपाल प्रसाद बगाले र दायित्वका अध्यक्ष डां पुकार मल्लले हस्ताक्षर गर्नुभयाे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले नगरपालिका भित्रका युवालाइ उद्यमशील बनाउन याे सम्झाैता भएकाे बताउनुभयाे । उहाँले स्थानीय सरकारले नगरभित्रका युवालाइ स्वराेजगार बनाउने गरी कार्यक्रम बनेकाे बताउनुभयाे ।

नगरपालिकाले याे वर्ष ५० लाख रूपियाँ विनियाेजन गरेकाे छ । नगरापालिकाले विशेष गरी कृषि क्षेत्रमा क्रियाशिल युवालाइ अनुदान, तालिम, प्राेत्साहन गर्नेछ । त्यसका लागि बैकसंग समेत सहकार्य गरेर युवालाइ सहुलियत दरमा ऋणकाे समेत व्यवस्था गर्ने जनाएकाे छ ।

कार्यक्रममा दायित्वका अध्यक्ष डा. पुकार मल्लले युवालाइ स्वराेजगार बनाएर उनीहरू अात्मनिर्भर बन्न र बैदेशिक राेजगारी कम गर्न कार्यक्रम सफल हुने बताउनुभयाे ।

सहमति हस्ताक्षर कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update