Erani Mahal
रामपुरमा बाल्टीको पानीमा डुवेर बालकको ज्यान गयो
balti

पाल्पा - बाल्टीको पानीमा डुबेर पाल्पाको रामपुरमा एक बालकको ज्यान गएको छ । विहिबार विहान घर आगनमा अभिभावकको सेरोफेरोमा नै रहेर खेल्दै गरेका रामपुर नगरपालिका वडा नम्बर ३ का बालक रोष्टम आले पानी भएको बाल्टीमा परेका थिए ।

रोमबहादुर आलेका एक वर्षका छोरा रोष्टमलाई उपचारको लागि रामपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिं रानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update