Erani Mahal
तानसेनमा शनिवार एकदिने वृहत स्वास्थ्य शिविर संचालन हुने
60801900_2353305238282883_8461768477215031296_n

पाल्पा– पाल्पाको तानसेनमा रोटरी क्लव अफ् पाल्पा तानसेन र तानसेन नगरपालिकाको संयुक्त साझेदारीमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा वृहत स्वास्थ्य शिविर संचालन गरिने भएको छ ।


स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नाराको साथ स्थापित रोटरी क्लवले आफ्नो वार्षिक कार्यक्रम अनुसार स्वास्थ्य शिविर संचालन गर्न लागेको विहिवार एक पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइएको छ ।


सन् २००१ मा स्थापना भएको यस क्लवले आफ्नो स्थापनाकालदेखि हालसम्म विभिन्न गतिविधिहरू गर्दै आइरहेको क्लवका अध्यक्ष जयन्नाथ अर्यालले भन्नुभयो, क्लवको वार्षिक कार्यक्रम अनुसार सामाजिक उत्तरदायित्वलाई बहन गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको छ अर्यालले भन्नुभयो ।
पाल्पाका विभिन्न समयमा सामाजिक काम गर्दै आइरहेको क्लवले पाल्पा जिल्लाका नागरिकहरूको वृहत्तर हितका लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको क्लवका पूर्व अध्यक्ष कृष्णबहादुर रावलले बताउनुभयो ।


तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसमा हुने शिविरमा मुटु, मृगौला, दम तथा छाती, निमोनिया र अन्य रोग सम्बन्धि वृहत स्वास्थ्य परीक्षण निशुल्क रूपमा उपलव्ध गराइने क्लवले जनाएको छ । एक दिने शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ , मृगौला रोग विशेषज्ञ, जनरल फिजिसियन, लगायतका विशेषबाट निशुल्क रूपमा मुटुको इसिजी र इकोबाट मुटुरोग परीक्षण, पिएफटिबाट दम तथा छातीको रोग परीक्षण, रक्त परीक्षण तथा आवश्यक औषधीहरू निशुल्क रूपमा उपलव्ध गराइने छ ।
रोटरी क्लव अफ् पाल्पा तानसेन र तानसेन नगरपालिकासँगको सहकार्यमा गौतमबुद्ध सामुदायिक अस्पतालका ६० जनाको टिमले शिविरमा प्राविधिक सहयोग गर्ने क्लवका पूर्व अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताउनुभयो ।


कार्यक्रममा पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले क्लवको कार्यक्रम सफलताको लागि शुभकामना दिर्दै त्यसको लागि पत्रकारहरुको साथ रहेको बताउनुभयो । कार्यक्रम क्लवका प्रचार प्रसार संयोजक अमृत अधिकारीको संचालन, निर्वाचित अध्यक्ष मधुदयाल संैजुले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update