Erani Mahal
पूर्वखाेलामा बाख्रा पालन सम्बन्धी तालिम
images_cms-image-000072640

पाल्पा - पूर्वखोला पूर्वखोला गाउँपालिकालाई मासु जन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ आयोजना गरिएको दुई दिने बाख्रापालन सम्बन्धी तालिमको समुद्घाटन कार्यक्रम पुर्वखोला -३ मा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी भट्टराईले परम्परागत रुपमा घरमा २/४ वटा बाख्रा ,१/२ वटा भैसी पालेर घरको आवश्यकता पूरा गर्नु भन्दा अब २१ औं शताब्दीको युग अनुकुल व्यवसायिक रुपमा बाख्रा पालन गर्न सबै कृषक दाजुभाइहरु अगाडि बढ्नु पर्ने बताउनु भयो।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पूर्वखोला गाउपालिका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले पूर्वखोला गाउँपालिकामा बढ्दै गएको मासुको माग तथा यस क्षेत्रको जंगलमा पाइने घाँसपातको परिमाणलाई मध्यनजर गर्दा बाख्रापालन, व्यवसायिक रुपमा निकै सफल हुनेमा आफु विश्वस्त रहेको भन्दै व्यवसायिक रुपमा आगाडि बढ्न यो तालिमले प्रेरणा मिल्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रम पुर्वखोला गाउँपालिका पशु सेवा प्रमुख मीन बहादुर कार्कीको स्वागत , वडा नं. १ का पशु सेवा प्राविधिक हरी सिग्देलको सन्चालन, पुर्वखोला गाउपालिका वडा न-३ का वडा अध्यक्ष निलकन्ठ भट्टराईको अध्यक्षतामा चलेको हो। तालिममा गाउँपालिका भरिका ६ वटै वडाबाट ३० जना सक्रिय कृषकहरुको सहभागिता रहेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update