Erani Mahal
रामपुरमा मापदण्ड बिपरीतका घर बनाएकालाई नगरपालिकाको पत्र
palpa

पाल्पा - रामपुर नगरपालिकाले पछिल्लो चरणमा निर्माण सम्पन्न भएका र निर्माणाधिन घरको निरिक्षण अनुगमन गरि मापदण्ड नपुगेका १९ घरधनीलाई नगरपालिकामा उपस्थित हुन आग्रह गरेको छ । वडा नम्बर ४ र ५ बजार क्षेत्रका विभिन्न टोलमा पुगेको नगरपालिका प्रमुख, प्राविधिक सहितको प्रहरीको टोलीले घरहरुको निरिक्षण गरेको थियो ।

अबलोकन अनुगमनका क्रममा नगरपालिकाले तोकेको न्युनतम मापदण्ड पुरा नगरेका, बिना नक्सा निर्माण भएका घर र अभिलेख दर्ता नगरेका २०७२ साल अघि निर्मित घरधनीहरुलाई ३ दिनको म्याद दिएर नगरपालिकामा उपस्थित हुन आग्रह गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

बजार क्षेत्रमा जथाभावी घर निर्माण र न्युनतम मापदण्ड पुरा नगरि घर बनाउने क्रम बढेसँगै अनुगमनलाई कडाई गरिएको उहाँले बताउनुभयो । भुकम्प रहित घरका लागि पनि अबका संरचना बनाउनुपर्र्छ साथै नगरपालिकाले तोकेको मापदण्ड पु¥याएर घर निर्माण गराउन र अभिलेखमा नआएका घरलाई प्रक्रियामा आउन अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले बताउनुभयो ।

यो अनुगमनले बाँकी रहेका पुराना घर दर्तामा आउने र नयाँ निर्माणका क्रममा रहेकालाई अनिवार्य नक्सा अनुसार निर्माण गराउन सहज हुनेछ उहाँले भन्नुभयो । टोलीले रामपुर नगरपालिका वडा नम्बर ४ को सिन्दुरे आँप क्षेत्र र वडा नम्बर ५ को बाङ्गेपसल, लाहुरेटोल, ठूलोटार, सानीअमराई क्षेत्रका घरहरु निरीक्षण गरेको थियो ।

रामपुर नगरपालिकाका इन्जिनियर कृष्ण थापाले केही बर्ष अघि बनेका घरहरु मापदण्डमा सबै नभएपनि अबका संरचना मापदण्डमा नै हुनुपर्ने बताउनुभयो । मापदण्ड नपुगेका घर बनाउदै पाइदैन उहाँले भन्नुभयो–सबै ठेकेदारले लामो जीवन जिउने बर्षौ टिकाउने घर मापदण्ड पु¥याएर मात्रै बनाऔं ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update