Erani Mahal
पाल्पा निस्दीका किसानलाई माैरीकाे गाेला सहित घार वितरण
60928893_357754208428287_6554887844869963776_n

पाल्पा - निस्दी गाउँपालिका मित्यालका कृषकहरुलाइ गोला सहितको मौरी घार वितरण गरिएकाे छ । गाेलासहित माैरीकाे घार पाएपछि यहाँका माैरीपालक किसान खुसी भएका छन् ।

निस्दी गाउँपालिका पाल्पाको आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रमबाट कृषि शाखाले ५० प्रतिशत अनुदानमा निस्दीका ४१ जना कृषकहरुलाई गोला सहितको आधुनिक मौरी घार वितरण गरेको हाे ।

शाखा संयोजक नवराज घिमिरेले यहाँका किसानलाइ व्यावसायिक माैरीपालक किसान बनाउन घार वितरण गरेकाे बताउनुभयो। मित्यालमा एक कार्यक्रमका बीच ४ नम्बर वडा सदस्य मन प्रसाद सोतीले यहाँका १० जना कृषकहरुलाई मौरी घार वितरण गर्नुभएको थियो ।

मौरी घार निस्दी गाउँपालिका भरी १ देखि ७ वडाका ४० जना कृषकहरुलाई वितरण गरेको कृषि प्राविधिक खिमराज कोइरालाले बताउनुभयो। यस भेगका किसानले अहिलेसम्म घरकाे बार्दलीमा २,४ वटा माैरीकाे घार राखेर माैरीपालन गर्दै अाएका थिए । तर व्यवसायिक भने थिएनन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update